
|
|
काठमाडौं, पुस २९ । बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा अहिले नेपालले श्रीलंकाको सामना गरिरहेको छ । खेलमा नेपालले सुरुआती अग्रता लिएको छ ।
खेलको दोस्रो मिनेटमै बिमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएका हुन् । खेलको पहिलो हाफसम्म नेपाल १–० ले अगाडि छ ।
बंगलादेशको बंगबन्धु अन्तर्राष्ट्रिय फुटबल मैदानमा जारी खेल नेपाली टोलीका लागि श्रीलंकासँग बदला लिने राम्रो अवसर रहेको छ ।
अघिल्लो साता साफ च्याम्पियन्सिप फुटबलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । आज विजयी नतिजा निकाल्न सके नेपालले श्रीलंकासँग बदला मात्र लिने छैन, १३ खेलसम्मको जितविहीन यात्रासमेत टुंग्याउने छ ।
सन् २०१३ को साफ च्याम्पियन्सीप फुटबल प्रतियोगितामा भारतविरुद्ध २–१ को जित निकालेको नेपालले त्यसपछि जित निकाल्न सकेको छैन ।
बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा मलेसियन क्लब फेल्डा युनाइटेडसँग गोेलरहित बराबरी खेल्दै नेपालले १ अंक जोडेको छ । आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको श्रीलंकाले भने खाता खोल्न सकेको छैन ।
आजको खेल जित्न सके नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बन्ने छ ।
प्रतियोगिताको समूह ‘ए’ मा आयोजक बंगलादेश, नेपाल, मलेसियाको फेल्डा युनाइटेड क्लब र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली, बहराइन, कम्बोडिया र माल्दिभ्स छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
