
|
|
२० पुस, काठमाण्डौं ।
जनसंख्या र भूगोलका विज्ञ सम्मिलित संघीय आयोग गठन गरेर तीन महिनाभित्र सीमांकन विवाद टुंगो लगाउने प्रधानमन्त्री केपी ओलीको प्रस्तावलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अस्वीकार गरेको छ ।
मधेश आन्दोलनलाई देखाएर भारतले गरेको नाकाबन्दी खुलाउने प्रयास स्वरुप आइतबार बालुवाटारमा भएको त्रिपक्षीय बैठक बिना निष्कर्ष टुंिगएको हो ।
सत्ता साझेदार दल एमाले र एमाओवादी, प्रतिपक्षी दल कांग्रेस र मधेशी मधेशी मोर्चाका नेताले दुई घण्टा लामो छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न नसकेकोले सहभागी नेताले बताए ।
कांग्रेस, एमाले र एमाओवादीका नेताहरुले बैठकपछि मोर्चाका नेता बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले नागरिकताका विषयमा लचक भइदिन गरेको आग्रहलाई पनिमधेशी नेताले असहमती जनाएका छन् ।
मधेशी मोर्चाका नेताले भने आपूmहरुले अगाडि सारेका ११ बुँदे अवधारणालाई संविधान संशोधन प्रस्तावमा नसमेटेसम्म सहमतीमा हस्ताक्षर गर्न तयार नरहेको प्रतिक्रिया दिएपछि त्रिपक्षीय बैठक बिना निष्कर्ष टुंगिएको हो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

