Home » » ‘मधेसमा तीन प्रदेश निर्माण गरिनुपर्छ’– उपप्रधानमन्त्री गच्छदार

‘मधेसमा तीन प्रदेश निर्माण गरिनुपर्छ’– उपप्रधानमन्त्री गच्छदार

२६ पुस, काठमाडौँ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले अहिलेको सात प्रदेशलाई बढाएर आठ प्रदेश बनाउने र मधेसमा तीन प्रदेश निर्माण गरिए अहिलको समस्या समाधान हुने बताएका छन् ।


मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहेका गच्छदारले आज मन्त्रालयमा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरको छुट्टै प्रदेश निर्माण गरिनुपर्ने तथा पश्चिममा कैलालीको केही भाग टुक्र्याएर बर्दियासँगको प्रदेशमा जोड्नुपर्ने बताए ।

उनले भने– “मैले संविधान निर्माणअघि नै ल्याएको आठ प्रदेशको अवधारणा स्वीकार नगरिएकै कारण अहिले समस्या आएकोे छ, प्रमुख दलका नेता अहिले तपाइँले त्यो बेला ल्याएको प्रस्ताव ठीक रहेछ भन्न थाल्नुभएको छ ।”

उनले भने– “म पनि मोरङ, सुनसरीको मान्छे हो, ती जिल्ला जनताले दुई नम्बर प्रदेशमा जान चाहेका छैनन्, ती जिल्ला चाहियो भनेर धनुषा र सर्लाहीले आन्दोलन गर्नुको अर्थ छैन ।”

उपप्रधानमन्त्री गच्छदारले देश विकासमा सबै पक्षको सहकार्य र एकता आवश्यक रहेको बताउँदै वार्ता र सहमतिबाटै तराई–मधेसको आन्दोलन सम्बोधन गरिनुपर्नेमा जोड दिए ।

आफूले सधैँ मध्यमार्गी भूमिका खेलिरहेको स्वीकार गर्दै उनले त्यसो गर्दा आफ्नो आलोचना भए पनि नडराउने प्रष्ट पारे ।

अर्को प्रसङ्गमा उनले सरकार निर्माणका क्रममा सत्तारुढ दलसँग आफ्नो पार्टीका तर्फबाट भएका आठबुँदे सम्झौतामध्ये सीमाङ्कनबाहेक अन्य बुँदा कार्यान्वयनका क्रममा गइसकेकोे जानकारी दिए ।

अहिलको समस्या यो सरकार निर्माणपछिको समस्या नभएर पहिलेकै समस्या भएको बताउँदै उनले आफ्नो पार्टी सरकारबाट बाहिरिने कुनै सम्भावना नभएको स्पष्ट पारे ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}