
|
|
अन्यसँग पनि ठगी, ९ वटा सिम कार्ड, ४ वटा फेसबुक एकाउन्ट
प्रेमको नाटक गर्दै एक युवकलाई भारतको नयाँ दिल्ली पुर्याएर ब्ल्याकमेलिङ गर्ने एक युवतीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। ती युवकलाई प्रहरीले दिल्लीबाट उद्धारसमेत गरेको छ ।
गुल्मी हस्तीचौर ९ की डाक्टर सुहाना केसी बनि युवकलाई मायाजालमा पार्ने २३ वर्षीया भगवती केसीलाई दिल्लीबाट पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। नक्कली डाक्टर बनी उनले काठमाडौंका एक युवकलाई प्रेमजालमा पारेकी थिइन् । साथै उनले ती युवकलाई एकसाताअघि दिल्ली लगेकी थिईन ।
दिल्ली पुग्नासाथ युवकलाई बन्धक बनाएर उनले नेपालमा रहेका युवकका परिवारसँग मोटो रकम माग गरेको प्रहरीले जनाएको छ। युवकका बाबुले छोरो हराएको जानकारी प्रहरीसमक्ष गराएपछि खोजी गर्ने क्रममा प्रहरीले उनको फेसबुक एकाउन्ट पहिचान गरेको थियो । त्यही फेसबुक एकाउन्ट ट्रयाक गरेको भरमा उनी पक्राउ गर्न सफल भएको खनालले बताए ।
दिल्ली प्रहरीसँग उच्चस्तरको समन्वय गरी युवकको उद्धार र युवती पक्राउ गर्न सफल भएको खनालले बताए। अनुसन्धान गर्दै गदौ उनले ९ वटा सिम कार्ड प्रयोग गरेर गत वैशाख यता ६ जना कलाकार, होटल ब्यवसायी र डाक्टर ठग्ने गरेको खनालले बताए । उनले ४ वटा फेसबुक एकाउन्टसमेत खोलेकी छिन् ।
उनले आफू डिआइजीको छोरी हुँ भन्दै पोखरा र काठमाडौंका विभिन्न ठूला होटलहरुमा ठगी गर्ने गरेको प्रहरीले बताएको छ। उनी नक्कली डाक्टर बनेर एक महिनासम्म पोखराको फेवा अस्पतालमा काम समेत गरेको अनुसन्धानबाट खुल्न आएको एसएसपी खनालले बताए। स्थानीय एक पत्रिकामा उनको समाचार छापिएपछि उनी भागेर काठमाडौं आएकी थिईन।
ललितपुरको एक अस्पतालका चिकित्सकसँग जर्वजस्ती बैवाहिक सम्बन्ध राख्ने प्रयास गरेको भन्दै उनलाई सातदोबाटो प्रहरीले गत असोज २६ गते एक दिन थुनामा समेत राखेको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

