
|
|
काठमाडौं, ३० पुस । उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले भूकम्पपीडितलाई सरकारले वितरण गरेको न्यानो कपडाको पैसा ९० प्रतिशतले पाएको दाबी गर्नुभएको छ ।
उहाँले सरकारले उपलब्ध गराएको १० हजार रुपियाँ अधिकांश भूकम्पपीडितले पाएको दाबी गर्नुभयो । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै उपप्रधानमन्त्री रायमाझीले पुनःनिर्माणका लागि सबै तयारी भइसकेको बताउनुभयो ।
उजामन्त्री रायमाझीले एक वर्षभित्र लोडसेडिङ मुक्त गराउन आफू लागि रहेको बताउनुभयो । ‘प्रधानमन्त्रीले एक वर्षभित्रमा जनताले महशुस गर्ने गरी लोडसेडिङ मुक्त गरिनेछ भनेको विषयलाई ध्यानमा राखेर काम भइरहेको छ’, उहाँले भन्नुभयो ।
‘म आउनुभन्दा पहिलादेखि नै लोडसेडिङ थियो नि । मैले तत्काल के गर्न सक्छु र ? यसलाई कम गर्ने अभियानमा छु’, उजामन्त्री रायमाझीले भन्नुभयो, ‘तै पनि जनतालाई बिहान–बेलुका बिजुली दिने भने पनि प्राविधिक रुपमा काम गर्न सकिएको छैन ।’
मन्त्री रायमाझीले लोडसेडिङको समय अझै बढ्ने बताउनुभएको छ । ‘लोडसेडिङको समय अझै बढ्छ’, उहाँले भन्नुभयो, ‘लोडसेडिङलाई इन्द्रको बाउ चन्द्रे आए पनि घटाउन सक्दैन । लोडसेडिङ १८ घण्टासम्म हुनसक्छ ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

