
|
|
काठमाडौं, २१ पुस । ठगी गरेर विदेश भाग्न लागेका एक म्यानपावरका मालिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको छ । सिंगापुर पठाइदिने भन्दै ३९ लाख रुपैयाँ लिएर ६ जनालाई ठगी गर्ने ललितपुर ग्वार्कोमा नेल्को ईन्टरनेश्नल म्यानपावरका प्रबन्धक २४ वर्षीय विजयराज खड्का पक्राउ परेका हुन् ।
उनलाई सोमबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले विमानस्थलबाट पक्राउ गरेको हो । आरोपी खड्काले काठमाडौ चन्द्रा गिरी नगरपालिका ७ बस्ने सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाश कुमार पाख्रिन, कुमार श्रेष्ठसमेत ६ जनालाई सिंगापुर तालिममा पठाई तालिम सकिएपछि पानी जाहाजमा रोजगारी दिलाउने भन्दै गैरकानुनी रुपबाट प्रतिव्यक्ति ६ लाख ५० हजारका दरले ३९ लाख रकम लिएर ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जनालाई ठगेर विदेश भाग्न लागेको अवस्थामा झापा घर भएका खड्कालाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा महाशाखाको टोलीले पक्राउ गरेको हो । ठगी मुद्दामा आवश्यक कारवाहीका लागि खड्कालाई महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

