
|
|
१९ पुस, काठमाडौं ।
एमाओवादीले सरकारमा रहिरहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्ने भएको छ । सरकारबाट फिर्ता हुनसक्ने एजेन्डासहित एमाओवादीका मन्त्री र उनीहरुको अनुगमन गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको संयन्त्रको बैठक आइतबार बस्दैछ ।
एमाओवादीले सरकारको तीन महिने कार्यकालबारे पनि गम्भीर समीक्षा गर्न लागेको छ । सरकार गठन भएको सय दिन पुग्न लाग्दासमेत जनतालाई राहत दिने परिणाममूखी काम नदेखिएको भन्दै जनआक्रोस बढ्दै गएपछि एमाओवादीले सरकारको समीक्षा गर्न लागेको हो ।
‘सरकारमा रहने कि समर्थन कायम राखेर बाहिरिने भन्नेमा छलफल हुन्छ,’ एमाओवादीका एक नेताले भने, ‘कुनै पनि कोणबाट नतिजामुखी परिणाम नदेखिएमा सय दिन पुगेलगत्तै सरकारबाट बाहिरिने निर्णय हुन पनि सक्छ ।’
अध्यक्ष प्रचण्डले काठमाडौंमा भएको ३ नम्बर प्रदेशको बैठक र शनिबार इटहरीमा भएको १ नम्बर प्रदेश बैठकमा पनि नतिजा नदेखिने हो भने पार्टी सरकारमा रहिराख्नुको औचित्य नहुने धारणा दोहोर्याएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

