Home » » रोगले कुरुप बनाएकी युवतीको अनुभूति : सफलताका लागि सौन्दर्य होइन, साहस चाहिन्छ

रोगले कुरुप बनाएकी युवतीको अनुभूति : सफलताका लागि सौन्दर्य होइन, साहस चाहिन्छ

टामी सन्उडर्स कुनैबेला साह्रै सुन्दर युवतीमध्ये पर्थिन् । तर, रोगका कारण उनले आफ्नो सुन्दरता मात्रै होइन, आत्मविश्वास समेत गुमाइन् । तर, अहिले उनी फेरि साहसी भएकी छिन् । त्यही साहसले उनलाई जीवन जिउने प्रेरणा मात्रै होइन, चर्चित पनि बनाउँदै लगेको छ । जिउने नयाँ कला सिकेकी छिन् । सफलताका लागि शरीर होइन, मन सुन्दर हुनपर्छ भन्ने कुरालाई कसरी स्थापित गरिन् ? उनकै शब्दमाः


आफू शतप्रतिशत आत्मविश्वासी छु भनेर कसैले पनि आफूलाई भन्न सक्दैन । हाम्रो अनुहार, व्यक्तित्व र क्षमताका कारण कहिलेकाहीं वा बारम्बार आफूमाथि नै शंका गर्ने गर्छाैं ।

किशोरावस्था आफैंमा बेइमान समय हो । यो बेला अधिकांश किशोर किशोरी आफ्नो अनुहारको छाला, कपालको रंग शारीरिक संरचनालाई लिएर विभिन्न गुनासो गर्छन् । कसैको भने जस्तै शारीरिक संरचना हुन्छ भने कोही ऐनाको नजिक पर्न पनि चाहन्नन् । तर, ममा भने आकर्षक संरचना थियो ।

म निकै अत्तिने गर्थें । तर, ब्वाइफ्रेन्डलाई भेटेको केही मिनेटपछि मेरो अनुहार बिर्सन्थ्यो । उसले मेरो आँखामा हेर्यो, मेरो घाउमा होइन । मेरो व्यक्तित्वदेखि ऊ निकै प्रभावित भयो । तर, जे जति भए पनि म अझै पनि आकर्षक व्यक्ति हुँ भन्ने प्रमाणित गरें । किनकी म भित्र केही न केही थियो ।

निश्चय नै बाल्यकालको सुन्दरता उमेर बढ्दै गएपछि बिस्तारै ओइलाउँछ । किशोरावस्थाको मध्यतिर म यति सचेत थिए कि मानिसले मलाई हेरिहँदा मलाई दिक्क लाग्थ्यो । घरीघरी मेरो सुन्दरता देखि मलाई नै दिक्क लाग्थ्यो । जसले पनि मलाई नै हेर्छन् । मेरै सुन्दरताको प्रशंसा गर्छन् । ममा निकै आत्म सम्मान बढेको थियो, जुन कुरा आमाले बताउने गर्नुहुन्थ्यो । उहाँले मलाई एउटा स्थानीय रेस्टुरेन्टमा काम गर्ने प्रस्ताव गर्नुभयो । आमाको प्रस्ताव सुन्दा पनि मलाई निकै डर लाग्यो । तर,  आमाको बचन काट्न सकिनँ । वेर्टसको जागिर गर्दा साहै« पीडा बोध भयो । बच्चाहरुलाई पोखरीमा फालेर पौडी खेलाउन सिकाउने एउटा तरिका निकै लोकप्रिय मानिन्छ । म पनि त्यस्तै एउटी बच्चा थिएँ । सायद आमाले पनि मलाई यस्तै प्रयोग गरेको हुनुपर्छ ।

किशोरावस्थाको मध्यतिर म यति सचेत थिए कि मानिसले मलाई हेरिहँदा मलाई दिक्क लाग्थ्यो । घरीघरी मेरो सुन्दरता देखि मलाई नै दिक्क लाग्थ्यो । जसले पनि मलाई नै हेर्छन् । मेरै सुन्दरताको प्रशंसा गर्छन् ।
केही महिनाभित्रै म रेस्टुरेन्टका आकर्षक कर्मचारीको सूचीमा अटाउन थालें । मेरो आकर्षक जीउडालको सदैव प्रशंसा हुन्थ्यो । २० वर्षको उमेरमा म साहै« सुन्दर देखिएँ । मेकअप गर्दा त झन् मेरो सुन्दरतामा निखारता आएको थियो । ममा सबैथोक थियो । ब्वाइफ्रेन्ड, घर र करिअर थियो । तर, ३२ वर्ष पुग्दा मेरो अनुहारमा आकस्मिक परिवर्तन आयो । जीवनले युटर्नको ग¥यो ।

सन् २०१३ को क्रिसमस निकै रमाइलो थियो । २७ वर्षको हुँदा बहिनी र उनको परिवारलाई भेट्न लन्डन यात्रा गर्ने योजना बनाए । तर त्यो दिन बिहान म निकै दुर्भाग्यपूर्ण अवस्थामा ब्युतिएँ । तसर्थ बहिनीकोमा जाने योजना रद्द भयो । भोलिपल्ट मैले आफूलाई एउटा स्थानीय अस्पतालको आइसीयुमा पाएँ । मेरो अवस्था गम्भीर थियो । बेडबाट टाउको उठाउन समेत सक्ने अवस्था थिएन । एक चुस्की पानी पिउँदा वान्ता हुन्थ्यो ।

मेरा खुट्टा र ओठहरु झम्झमाउन थालेपछि म बढी सचेत हुन थालें । मेरो बाहिरी शरीर निकै चिसो भएको थियो । जे गर्दा पनि तातो हुदैनथ्यो । म आमाको बेडरुमा गँए । मलाई देख्नेवित्तिकै आमाले एम्बुलेन्स ल्याउनका लागि मेरो सौतेनी बाबुलाई आग्रह गर्नुभयो । दुई घन्टापछि म कोमामा पुगेकी रहेछु । मलाई मेनेन्जाइटिस भएको रहेछ, जसको पत्तो १० दिनपछि भयो ।

मलाई डिसिमिनेटेड इन्ट्राभास्कुलर कोगुलेसन(डीआइसी) भएको रहेछ । डीआईसीले रक्त नलीलाई ह्यामोरेज बनाएको रहेछ, जसका कारण टाउकोभित्र रगत बहेको थियो । मेरो बाहिरी शरिर नराम्रोसँग प्रभावित भएको थियो । बिस्तारै अनुहार, जोर्नी र नसाहरुमा पनि समस्या देखियो । मेरो आधा नाक झरयो र ओठको केही भाग गुमाएँ ।
आफ्नो अनुहार र शारीरिक संरचनाप्रति निकै दुःखित थिए । म चार महिनासम्म अस्पतालमा बसें । बिरामी हुनुअघि समाजिक र सक्रीय व्यक्ति बन्न मैले निकै मेहनत गरें । तर, जब म अस्पतालबाट घर फर्किएँ तोकिएको दिन अस्पताल जचाउन बाहेक  फल्याट छोडेर बाहिर हिडिनँ । किनकी मेरो विग्रेको अनुहारकै कारण अरुसँग बोल्ने र भेट्ने आँट गरिनँ ।  
मेरो पाखुरा, हात  खुट्टा र पैतलाको मासु काट्नुपयो ।  मेरो जोर्नीको बाँकी रहेको छाला आगोले पोलेजस्तै भतभती पोलेको थियो । माशंपेशी र नशाहरुमा पनि नराम्रोसँग असर भएको थियो । म निकै अशक्त महशुस गर्थे ।
आफ्नो अनुहार र शारीरिक संरचनाप्रति निकै दुःखित थिए । म चार महिनासम्म अस्पतालमा बसें । बिरामी हुनुअघि समाजिक र सक्रीय व्यक्ति बन्न मैले निकै मेहनत गरें । तर, जब म अस्पतालबाट घर फर्किएँ तोकिएको दिन अस्पताल जचाउन बाहेक  फल्याट छोडेर बाहिर हिडिनँ । किनकी मेरो विग्रेको अनुहारकै कारण अरुसँग बोल्ने र भेट्ने आँट गरिनँ ।

मैले आफूले आफूलाई निकै कारुणिक पाउथे । मलाई लाग्थ्यो एउटा स्वतन्त्र र आत्मविश्वासी ट्यामी मोरिसकीर त्यसको सट्टा म भित्र आफैंले नचिन्ने एउटा अपरिचित मान्छे छ । मैले आफूले आफैंलाई मन पराउन छोडें । मेरो अनुभव आफ्ना साथी र परिवारलाई सुनाउँदा उनीहरु आश्चर्य चकित पर्थे । तर, भित्र भने म उही टेमी थिए जो खुसी भएर जीउन योग्य थिए ।
त्यही बेला च्यानल फोर दीअनडेटेबल नामक डेटिङ कार्यक्रमका लागि आवेदन दिए । चुनौतीपूर्ण अवस्था सामना गरेका मानिसहरुका लागि सो डेटिङ कार्यक्रम लक्षित थियो । किशोरावस्थामा मेरो आमाले गहिरो पोखरीमा छोडे जस्तै अहिले भने आफै पोखरीमा हामफाल्ने आँट गरे । कार्यक्रम चलाउँदा मलाई एउटा ऊर्जा मिल्यो । मलाई मेरा राम्रा पक्षहरुको बारेमा स्मरण भयो । नराम्रो अनुहारभित्र राम्रो पक्ष पनि देखें ।
मैले आफूले आफूलाई निकै कारुणिक पाउथे । मलाई लाग्थ्यो एउटा स्वतन्त्र र आत्मविश्वासी ट्यामी मोरिसकीर त्यसको सट्टा म भित्र आफैंले नचिन्ने एउटा अपरिचित मान्छे छ । मैले आफूले आफैंलाई मन पराउन छोडें ।

यसअगाडि म निकै अत्तिने गर्थें । तर, ब्वाइफ्रेन्डलाई भेटेको केही मिनेटपछि मेरो अनुहार बिर्सन्थ्यो । उसले मेरो आँखामा हेर्यो । तर कहिल्यै पनि मेरो घाउमा होइन । मेरो व्यक्तित्वदेखि ऊ निकै प्रभावित भयो । तर, जे जति भए पनि म अझै पनि आकर्षक व्यक्ति भन्ने प्रमाणित गरें । किनकी म भित्र केही न केही थियो ।
कार्यक्रम चलाउन थालेपछि तीन पटक म अस्पताल पुगें । हरेक पटक अस्पताल जाँदा मैले नयाँ साथीहरु बनाउने गर्थें । पहिलो पटक अस्पताल पुग्दा साथीहरुले मेरो अनुहार देखेर के भन्लान् भनेर म बोल्ने आँट गर्दैनथे । तर, अहिले ममा अनौठा साहस जागेको छ । एक पटक भेटेका मान्छेहरुसँग म गफ गर्छु, हाँस्छु र आवश्यक परे पीडा पोख्छु । मेरो बारेमा उनीहरुले सोध्छन् । म पनि धक नमानी बोल्छु ।
अरु मानिसहरुले मेरा बारेमा जे भने पनि मलाई नराम्रो लाग्दैन । उनीहरुले आफ्ना कथा भन्दा मेरो सम्झना आउँछ । बरु उनीहरुलाई सहानुभूति दिन्छु । मेरो आत्मविश्वासको यात्रा निरन्तर छ र यसले काम गरिरहेको छ । मलाई सहयोग गर्ने बहुसख्ंयक मानिसप्रति आभार प्रकट गर्छु । मलाई लाग्छ आत्मविश्वास भित्रैबाट आउने कुरा हो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}