Home » » यौन सम्पर्क गर्न भने दिइनन्

यौन सम्पर्क गर्न भने दिइनन्

डा. राजेन्द्र भद्रा

म आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गर्न खोज्छु । मैले धेरै पटक टङ किस र ब्रेस्ट किस गरें । त्यति गरे पनि उनले यौन सम्पर्क गर्न भने दिइनन् । उनी आफूलाई कन्ट्रोल गर्छिन् । किन होला ?

विवाहपूर्व यौनसम्पर्कको तयारी
तपाईंले आफ्नो सन्देशमा तपाईं तथा तपाईंकी केटी साथीको उमेर लेख्नुभएको छैन, तर पनि तपाईंहरू युवावस्थामै हुनुहुन्छ र विवाह गर्न पनि बाँकी नै छ भन्ने अनुमान गरेको छु । तपाईंलाई थाहा भएकै कुरा हो कि युवा अवस्थामा यौनेच्छा तीव्र हुन्छ । अचेल विवाहको उमेर पछिल्तिर धकेलिएको हुनाले यसरी यौनेच्छा तीव्र हुने उमेरमा पनि हामीले सहज रूपमा यौनसम्पर्क राख्न भने पाउँदैनौं । यसकै लागि विवाहभन्दा पहिले विभिन्न तरिकाले यौनसम्पर्क राख्ने ध्येयअनुसार सम्बन्ध बढाइन्छ र आफ्नो साथीलाई त्यसका लागि तयार गर्न विभिन्न क्रियाकलाप पनि गरिन्छ ।

तपाईंले यो स्तम्भमा पहिले पनि विवाहपूर्वको यौनसम्पर्कले रहने अनिश्छित गर्भ र त्यसले ल्याउने स्वास्थ्य समस्या अनि सम्बन्धलाई गोप्य राख्न नसक्दा अनेकन् सामाजिक समस्या सामना गर्नुपर्ने कुरा पढ्नु नै भएको होला ।

तपाईंले केटी साथी भन्नुभएको छ । तपाई र तपाईंकी केटीसाथीको सम्बन्ध कत्तिको गहिरो छ भन्ने कुरा तपाईंको चुम्बनजस्ता क्रियाकलापले दिए पनि विस्तृत रूपमा त्यसका बारेमा केही उल्लेख छैन । तपाईंको सम्बन्ध कत्तिको प्रणयपूर्ण छ, लेख्नुभएको छैन । शारीरिक रूपमा यस्ता क्रियाकलापमा नजिक भए पनि भावनात्मक रूपमा नजिक नभैसकेको हुने सम्भावना पनि त्यतिकै छ । विचार गर्नुपर्ने कुरा के छ भने तपाईंहरूको गहिरो प्रणयपूर्ण सम्बन्ध छ भने तपाईंहरूको सम्बन्ध यौनसम्पर्क राख्नेतिर मात्र हुँदैन भन्दा अतिशयोक्ति हुँदैन । यौनसम्पर्कलाई धेरैजसो समाजमा शारीरिक सम्बन्ध भनिए पनि यो त्यति नै मानसिक कार्य पनि हो । त्यसको सन्दर्भमा पनि तयार भए–नभएको कुरा पनि त्यति नै महत्वपूर्ण छ ।

अधर र स्तन चुम्बनले पनि किन काम नगरेको ?
तपार्इंले महिलाहरू कसरी उत्तेजित हुन्छन् भन्ने कुराको अध्ययन गरेर आफ्नी केटी साथीलाई यौन उत्तेजित गराउने प्रयास गर्नुभएको देखिन्छ । सामान्य व्यक्तिलाई सामान्य अवस्थामा गहिरो चुम्बन र स्तनको चुम्बन वा मर्दनजस्ता कुराले उत्तेजित तुल्याउँछ । सामान्य सम्बन्धको अवस्थामा यस्ता कुरा यौनसम्पर्कको तयारीका रूपमा तर यौन उत्तेजना ल्याउन मदतगार हुने गरेको पाइन्छ, तर तपाईंहरूको सम्बन्ध विवाहपूर्वको स्थितिमा छ भने अर्कातिर दुवै जना तयार पनि नभएको स्थिति देखिन्छ ।
बुझ्नुपर्ने कुरा के हो भने यौन उत्तेजना हुनु र यौनसम्पर्क एउटै कुरा होइनन् । सामान्य अवस्थामा प्रायश: यौनसम्पर्कका लागि यौन उत्तेजना आवश्यक मानिन्छ तर यौन उत्तेजना भयो भन्दैमा यौनसम्पर्क राख्ने परिस्थिति हुँदैन भन्ने कुरा त तपाईंलाई पनि थाहै होला । नत्र किशोरावस्थामै धेरैको यौनसम्पर्क भैसक्थ्यो होला । अर्कातिर विशेष गरेर जबरजस्ती यौन सम्पर्क गरिँँदा पनि महिलाहरू यौन उत्तेजित नभएका हुन सक्छन् ।

पहिलो कुरा त यौन चाहना भए पनि शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि उहाँ यौनसम्पर्कका लागि तयार हुनुपर्‍यो । यौनसम्पर्क राख्न तयार भए पनि जो कोहीसँग सहजै यौनसम्पर्क राख्ने कुरा भएन, त्यसैले कुनै खास व्यक्तिसँग यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने विषयमा पनि सोच्ने भयो । त्यसबाहेक उहाँको मूल्य–मान्यताको विकास कसरी भएको छ भन्ने कुरा पनि त्यति नै महत्त्वपूर्ण छ । उहाँले विवाहपूर्व कुमारित्व भङ्ग नहोस् भन्ने चाहना राख्नुभएको पनि हुनसक्छ । तपाईं उहाँको नजिक हुनुभएकाले उहाँको भावना बुझ्न सक्नुहुन्छ र उहाँको भावनाको आदर गर्दै भावी क्रियाकलापलाई अघि बढाउन सक्नुहुन्छ ।

महिलाले किन सहजै यौनसम्पर्क गर्न मान्दैनन् ?
केटा अर्थात पुरुषको तुलनामा महिलाहरू यौनसम्पर्कका लागि सहजै तयार हुँदैनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरू छन् र यो कुरा उनीहरूको यौन क्रियाकलापमा पनि लागू हुन्छ ।

जीव वैज्ञानिक रूपमा कुनै पनि जीवित प्राणीको ध्येय आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तानको जन्माउने मात्र होइन, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । जीव वैज्ञानिक रूपमा सन्तान हुर्काउने जिम्मेवारी स्वभाविक रूपमा महिलाको बढी हुन्छ । त्यसैले पनि महिलाले यौनसम्पर्क राख्नु भनेको यो अभिभारा बहन गर्नु पनि हो । महिलाहरू सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन् । त्यसका लागि सामान्यत: महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिँदैन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको व्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन् । यी कुरा महिलाले सचेत रूपमा सोचेर गर्ने भन्दा पनि जीववैज्ञानिक रूपमा स्वभाविक रूपमै पनि हुन्छ । अहिलेको आधुनिक समाजमा पनि विभिन्न रूपमा यसलाई सिकाइएको पाइन्छ ।

यिनै कारणले महिलाहरू पुरुषको तुलनामा सहज रूपमा यौनसम्पर्क राख्न गर्न मान्दैनन् । अर्को किसिमले यौनसम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरू शक्तिशाली स्थितिमा हुनु पनि हो । तपाईंको सम्बन्धप्रतिको प्रतिबद्धता, समर्पण अनि भावी सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरूबीच हुनु आवश्यक छ । यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा पनि यसैसँग सम्बन्धित छ । आशा गर्छु, तपाईंले आफ्नो सम्बन्धमा प्रगाढता ल्याउन उल्लेखित कुराहरू लागू गर्नुहुनेछ । अर्को कुरा, उमेर पुगेको छ र सामाजिक रूपमा सबल हुनुहुन्छ भने विवाह गरे पनि त भयो नि, होइन र ?



Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}