
|
|
काठमाडौं, २३ पुस । शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकालले आफ्नो जिम्मेवारी र पदीय मर्यादा भुलेर विभिन्न गतिविधि गर्दै आएको तथ्य सार्वजनिक भएको छ । उनले शान्ति मन्त्रालयमा रहेको आफ्नो कार्यकक्षमा विभिन्न धार्मिक गुरुहरुलाई बोलाएर धर्मसम्बन्धी गतिविधि गर्ने गरेको तथ्य खुलेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । कोरियाका क्रिश्चियन धर्म निकट एक धर्म गुरुसँग रकम लिएर नेपाल परिवार दल गठन गरि राजनीतिक र धार्मिक गतिविधि गर्दै आएका ढकालले मंगलबार आफ्नै कार्यकक्षमा धर्मगुरुहरुलाई बोलाएर आपत्तिजनक गतिविधि गरेका हुन् ।
उनको यो कार्यको मन्त्रालयभित्रै बिरोध भएको छ । विभिन्न धर्ममा आस्था राख्ने राष्ट्रसेवक कर्मचारीहरुले मन्त्री ढकालको क्रिश्चियनसम्बन्धी गतिविधिको बिरोध गरेको स्रोतले जनाएको छ । धर्मसम्बन्धी गतिविधि र बैठकहरु गर्ने जिम्मेवारी उनको मन्त्रालयको होइन । धर्म र धार्मिक गतिविधि संस्कृति मन्त्रालयले हेर्ने गर्छ । तर शान्ति मन्त्री ढकाललाई किन धर्मसम्बन्धी गतिविधि गर्ने रहर लाग्यो, यो रहस्यको विषय बनेको छ । केपी ओली सरकारको पुच्छरमा आएर मन्त्री बनेका ढकालमाथि क्रिश्चियन धर्म नेपालमा बढाउनका लागि विभिन्न देशबाट धर्मका नाममा करोडौं रकम लिने गरेको समेत आरोप लागेको छ । ढकालका शंकास्पद गतिविधिको जानकारी गृहमन्त्रालयलाई थाहा छ ।
तर, उनले राजनीतिक नेताहरुलाई पैसा बुझाएर मन्त्री जस्तो उच्च पदमा पुगेका हुन् । नेपाल परिवार दलका दुई सांसद छन् । दुबै सांसद समानुपातिक तर्फबाट आएका हुन् । एउटामा आफै ढकाल सांसद बनेका छन् भने अर्कोमा मिलन राजवंशीलाई बनाएका छन् । मन्त्री ढकालले मंगलबार हिन्दु, बौद्ध, मुस्लिम, जैन, किराँत, इशाई, बहाई फेथ, युनिफिकेशन अभियानलगायतका धर्म गुरुवलाई बोलाएका थिए । त्यसबेला ढकालले आफ्नो धर्म प्रचार अभियानका विषयमा जानकारी गराएको स्रोतले जनाएको छ । पाँच करोड रुपियाँ एमालेलाई बुझाएर मन्त्री बनेको आरोप खेप्दै आएका ढकाल अघिल्लो पटक माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला पनि मन्त्री बनेका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

