Home » » सपनाको बारेमा १० रोचक तथ्यहरू जुन तपाईँलाई थाहै थिएन

सपनाको बारेमा १० रोचक तथ्यहरू जुन तपाईँलाई थाहै थिएन

“पुरुषहरूले भन्दा महिलाहरूले यौन सपना बढी देख्ने गर्छन्!”
सपना! रहस्यमय, रोचक, उत्तेजित, कहिलेकाहिँ भयानक पनि! कहिले साँच्चै नै नर्कमै भएको महशुस गराउने अनि कहिले स्वर्गीय आनन्दको अनुभूती गराउने! आँखा खोल्दा सांसारिक दुनियाले जति ठक्कर दिन्छ, आँखा बन्द गर्दा त्यो सपनाको दुनियाले त्यति नै हौसला अनि सहानुभूती दिन्छ। तर सपनाको सत्यता यत्तिमा मात्र कहाँ सिमित छ र?

रहस्यमय सपनाको बारेमा १० तथ्यहरू पढ्नुहोस्, जुन तपाईँलाई थाहै थिएन,
१. सपना देखिरहेको बेला पढ्न सकिँदैन, अनि समय पनि बताउन सकिँदैन
यदि कहिलेकाहिँ सपनामा हो कि बिपनामा हो भनेर छुट्ट्याउन गाह्रो भयो भने, केहि कुरा पढ्ने प्रयास गर्नुहोस्, किनभने अधिकांश मानिसहरूले सपना देखिरहेको बेला पढ्न सक्दैनन्। घडी र समयको लागि पनि यस्तै होः हरेक चोटि समय जाँच्न घडी हेर्दा वास्तविकता भन्दा फरक समय बताइरहेको हुन्छ, अथवा घडीको सुई ढिलो चलिरहेको हुन्छ। अझ कसै-कसैले त घडीको सुई चल्दै नचल्ने पनि बताउँछन्।

२. लुसिड ड्रिमीङ्ग (Lucid Dreaming)
संसारमा धेरै मानिसहरू छन्, जसले ‘लुसिड ड्रिमीङ्ग’ वा ‘सचेतन सपना’को प्रक्रियालाई पछ्याउँदै आइरहेका छन्। थुप्रै विधिहरूको प्रयोग गरेर यी मानिसहरूले आफ्नो सपनालाई नियन्त्रण पनि गर्न सक्दछन्, जसले गर्दा आफूले चाहेअनुसार उड्न, भित्ताबाट वारपार गर्न र भूतकालमा जान पनि सक्दछन्। सुन्दा अपत्यारीलो लाग्ला तर, यो केवल सपनामा मात्रै गर्न सकिने कुरा हो।
लुसिड ड्रिम अभ्यास पनि गर्न सकिन्छ। कसरी गर्ने? इन्टरनेटमा बिभिन्न साइटहरु भेटिन्छन्। सर्च गरि कुनै पनि साइटमा गइ दैनिक अभ्यास गर्न सकिने लुसिड ड्रिम वास्तविक हो की गफ मात्र हो आफै थाह पाउन सकिन्छ। लुसिड ड्रिम सपनाकै एक ‘प्रकार’ हो जसमा हामीले आफ्नो सपना नियन्त्रण गर्न सक्छौ, मनलागेको कुरा देख्न सक्छौं।

३. सपनाबाट प्रेरित भएर गरिएका आविष्कारहरू
मानव इतिहासमा यस्ता धेरै विशाल र प्रयोगशाली आविष्कारहरू छन्, जसको श्रेय सपनालाई जान्छ। केहि उदाहरणहरू-
गुगलको स्थापना गर्ने विचार – ल्यारी पेज
अल्टरनेटिङ्ग करेन्ट जेनेरेटर – टेस्ला
डि.एन्.ए. को आकार – जेम्स वाट्सन
लुगा सिलाउने मेसिन – इलायस हाउइ
पेरियोडिक टेबल – डिमिट्री मेन्डेलिभ
….. र अन्य धेरै, धेरै!

४. सपनामा भविष्य देखिने
तपाईँहरूमध्ये कसै-कसैले अनुभव गरेको हुनपर्ने, कहिलेकाहिँ दैनिक जीवनमा भइरहेका पलहरू पहिल्यै सपनामा देखिसकेको हुन्छ। यस्ता थुप्रै घटनाहरू छन्, जहाँ मानिसले भविष्यमा हुने कुरालाई सपनामा देखिराखेका हुन्छन् र पछि गएर ठ्याक्कै सपनामा देखिएजस्तै गरि सोहि घटना घटिरहेको हुन्छ।
त्यस्तो अवस्थालाई, भविष्यको झलक देखिएको पनि भन्न सकिन्छ, तर त्यो केवल संयोग मात्र पनि हुन सक्छ। संयोग हो या वास्तविक, त्यो आफ्नो ठाउँमा छँदै छ, तर यो एकदमै रोचक र विचित्र प्रक्रिया हो भन्दा कसैको दुविधा नहोला! यस्ता केहि उदाहरणहरू पनि छन्-
अब्राहम लिङ्कनले आफ्नो हत्या भएको सपना देखेका थिए।
अमेरिकामा भएको ९/११ का केहि पिडितहरूले उक्त घटनाको बारेमा पहिल्यै सपना देखेका थिए।
टाइटानिक दुर्घटनाको बारेमा १९ जनाले दुर्घटना पहिलेनै सपना देखेको कुरा निकै चर्चित छ।

५. निन्द्रामा पक्षघात हुनु
कहिलेकाहिँ निदाइरहेको बेला कुनै भयङ्कर डरलाग्दो आत्मा वा वस्तुको उपस्थितिले अचेतन मुद्रामै आफू चल्न नसकिने अवस्थालाई ‘निन्द्रामा पक्षघात हुनु’ (sleep paralysis) भनिन्छ, हामी ‘अैँठन भएको भन्छौँ। अैँठन हुँदा, त्यो सपना नभई शतप्रतिशत बिपना नै हो जस्तो भान हुन्छ।
मानिसको मस्तिष्कको पछाडिको भागमा एउटा बदामको दानाजस्तो अङ्ग हुन्छ, जसलाई ‘अमिगडाला’ (Amygdala) भनिन्छ। अनुसन्धानले बताएअनुसार, अैँठन हुँदा, पीडित व्यक्तिहरूको अमिगडालाको क्रियाकलाप साधारणभन्दा अधिक हुने गर्दछ। यो अङ्गले मानिसमा ‘भाग या भगाउ’ भन्ने उत्तेजना पैदा गराउँदछ अनि डर, त्रास र तनाबको भावना पनि यहि अङ्गले गर्दा पैदा हुने हुन्छ।

६. यौनजन्य सपना
वैज्ञानिकहरूले यसलाई‌ ‘नक्चर्नल पेनाइल ट्युमेसेन्स’ (Nocturnal Penile Tumescence) नाम दिएका छन्, र यो सबैमा हुने साधारण प्रक्रिया हो। यसको साधारण अर्थ भनेको सुतेको बेला यौन चाहना पैदा भएर मानिसको लिङ्ग उत्तेजित हुनु हो। अनुसन्धानले बताएअनुसार, प्रत्येक सपनामा पुरुषहरूको लिङ्ग २० पटकसम्म उत्तेजित हुनसक्छन। यो मानव शरिरको निकै सामान्य प्रक्रिया हो।

७. निन्द्रामा हिँड्ने बानी
निन्द्रामा हिँड्ने बानी, एकदमै दुर्लभ र खतरनाक पनि हुनसक्ने एक समस्या हो। यसरी निन्द्रामा हिँड्ने बानी भएका मानिसहरू सपनासँग यसरी सम्मेलित भएका हुन्छन् कि, तीनका शरीरले पनि सपनासँगै प्रतिक्रिया गर्ने गर्दछन्, र रातीको बेला डरलाग्दो र अपत्यारीलो काम गर्न खाटबाट बाहिर निस्कने गर्दछन्।
‘ली हेडवीन’ एक पेसेवर नर्स हुन्, तर सपनामा भने उनी एक उत्कृष्ट चित्रकार हुन्, साँच्चिकै! उनले सपनामै सुन्दर र मनमोहक तस्विरहरू बनाउँछन्, जसको जानकारी उनी आफैलाई पनि हुँदैन।
एक महिलाले निन्द्राको बेला अन्जान व्यक्तिसँग यौन सम्पर्क गरेको
एक पुरुषले सपनामै २२ माइल सवारी यात्रा गरेर आफ्नो काकाको छोरालाई मारेको
एक व्यक्तिले निन्द्रामै घरको तेस्रो तल्लाको झ्यालबाट हामफालेर झण्डै मरेको घटनाहरु भएको पाइन्छ।

८. दिमागमा पर्ने चाप
धेरैजसोले निन्द्रालाई मन, मुटु र मस्तिष्क सबैको आराम हो भन्ने बुझ्छौ। तर वास्तवमै भन्नुपर्दा सुतेको बेला हाम्रो दिमागले अरूबेला भन्दा बढी काम गरिरहेको हुन्छ। शरिर भने आराम गरेको भएपनि दिमाग जागेको बखत भन्दा बढी काम गर्ने गरेको वैज्ञानिकहरु बताउँछन्।

९. रचना र सपना
माथि उल्लेख गरिएजस्तै, सपनाले थुप्रै आविष्कारहरू निम्त्याइरहेको हुन्छ। हुन्छ के भने, सपनाले हाम्रो सिर्जनशीलता र रचनात्मक खुबी लाई पनि सुधारिरहेको हुन्छ, जसको कल्पना शक्ति बढी हुन्छ, उसैले अनौठा-अनौठा सपना देखिरहेका हुन्छन्। त्यसैले, जोसँग सपना देख्ने क्षमता नै हुँदैन, उनीहरूले रचनात्मक क्रियाकलापहरूमा आफ्नो खुबी देखाउन सक्दैनन्। सपना र कल्पना वास्तविक जीवन जीउन सहयोग गर्ने दिमागी प्रक्रिया हो।

१०. सपना सबैले देख्छन्- नसम्झिने मात्रै हो!
धेरै मानिसहरू छन्, जसले कहिल्यै पनि सपना नदेख्ने दाबी गर्छन्, तर त्यो सत्य होइन! हामी सबैले सपना देख्छौँ, तर संसारका करीब ६० प्रतिशत व्यक्तिहरूसँग आफूले देखेको सपना सम्झिन सक्दैनन्।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}