
|
|
काठमाडौँ, २० पुष । सोमबार एकाविहानै नेपाल र भारतको पूर्वि क्षेत्रमा ६ . ८ रेक्टरको शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । भुकम्पले नेपाल र भारतको पूर्वी क्षेत्रमा ठुलै प्रभाव पारेको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।
बिहान ४ बजेर ५३ मिनेटमा भारतको पश्चिमबंगालस्थित मैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भारतमा ठुलै क्षती पुराएको र नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पृथ्वीको सतहबाट १० किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश भाग तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ । भारतको पश्चिम बंगालको केही भूभागमा भौतिक क्षति पुर्याएको भुकम्पको क्षतिको विवरण अझै आइसकेको छैन।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

