
|
|
काठमाडौं, २१ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी, एयरलाइन्स र अध्यागमनका कर्मचारीको मिलेमतोमा नक्कली प्रवेशाज्ञा (भिसा) भएका व्यक्तिहरूलाई विदेश पठाउने गरिएको भएको छ । सरकारले प्रतिबन्ध लगाएको मुलुक कुवेतमा समेत मिलेमतोमा युवतीहरू पठाइरहेका विमानस्थल कर्मचारीले युरोपेली मुलुकको नक्कली भिसा भएका व्यक्तिहरूलाई पनि सेटिङ गर्न थालेका छन् । फ्रान्सको नक्कली भिसा बोकेका दुई नेपालीलाई दुबई अध्यागमनले फर्काइदिएपछि विमानस्थलमा भएको सेटिङबारे खुलासा भएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । काठमाडौंबाट दुबई हुँदै फ्रान्स जान लागेका बागलुङका सचिन पुन र कमल थापालाई दुबई अध्यागमनले नक्कली भिसा भएको भन्दै फिर्ता गरेपछि ती दुई युवालाई विमानस्थल अध्यागमनले पक्राउ गरेको छ।
पुन र थापा अध्यामगन विभागको हिरासतमा छन्। उक्त सेटिङमा प्रहरी, सम्बन्धित एयरलाइन्स र अध्यागमनका कर्मचारी संलग्न भएको स्रोतले बताएको छ। अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले अध्यागमनका कर्मचारीले नियतवस या अञ्जानमा उनीहरूलाई प्रस्थान अनुमति दिएकोबारे कर्मचारीसँग सोधपुछ भइरहेको बताए। उनले अन्नपूर्णसँग भने, ुउक्त प्रकरणमा अध्यामगनका कर्मचारीको संलग्नता पाइएमा कारबाही गर्छु। त्यसबारे अनुसन्धान भइरहेको छ।ु नेपालस्थित फ्रान्सेली दूतावासले उनीहरूको भिसा नक्कली भएको प्रमाणित गरिसकेको छ। नक्कली भिसा भएको प्रमाणित भएपछि विभागले उनीहरूविरुद्ध जाली राहदानीअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । उनीहरू गत १२ डिसेम्बरमा दुबई हुँदै फ्रान्स जान लागेका थिए।झन्डै डेढ वर्षअघि गृह मन्त्रालयले भिसा नहेर्न लिखित पत्राचार गरे पनि विमानस्थल छिर्ने स्थानमा प्रत्येक यात्रुको राहदानी प्रहरीले हेर्न छाडेको छैन। सेटिङ मिलाउन विमानस्थल प्रहरीले यात्रुको राहदानी हेर्ने गरेको स्रोतले बताएको छ।फोटो, राहदानी र दलालले मागेका सबै कागजपत्र दिएको तर दलालले कसरी भिसा लगाइदियो र आफ्ना राहदानीमा लागेको भिसा नक्कली भएको बारेमा आफूहरूलाई थाहा नभएको उनीहरूले बताएका छन्। एयरलाइन्स कक्षमा छिर्ने गेटबाटै सेटिङ सुरु हुने विमानस्थल स्रोतले बताएको छ। विमानस्थलको कुनै एउटा निकायको प्रयत्नमा मात्र सेटिङ सम्भव नहुने भएकाले त्यहाँका सबै निकायका कर्मचारीको मिलेमतो हुने गरेको स्रोतले बताएको छ। सिंह भनिने एक नेपाली एजेन्टलाई उनीहरूले प्रतिव्यक्ति १५ लाख रुपैयाँ दिएर भिसा लिएका थिए। नक्कली भिसा वाहकहरू प्रहरी, एयरलाइन्स र अध्यामगनका कर्मचारीको मिलेमतोमा जहाज चढेका थिए। अध्यागमनको हिरासतमा रहेका उनीहरूले चर्को रकम लिएर नक्कली भिसा दिने ददालका बारेमा सबै कुरा खुलाएनन् । सिंह भनिने व्यक्तिलाई पैसा दिएको र उनैले फ्रान्सको भिसा लगाइदिएको उनीहरूले बताएका छन्। दलालका बारेमा उनीहरूले थप जानकारी नदिँदा अनुसन्धान गर्न अध्यामगनका अधिकारीहरुलाई अप्ठ्यारो परेको छ। यसअघि पनि प्रहरी, श्रम डेस्क र एयरलाइन्स सेटिङ नमिल्दा त्रिभुवन कुवेत हिँडेकी रुद्रपुर ९ रूपन्देहीकी उमा विश्वकर्मालाई विमानस्थलस्थित अध्यामगन कार्यालयले पक्राउ गरेको थियो।सरकारले घरेलु कामदारका लागि कुवेत जान कडाइ गरे पनि सेटिङमा दैनिकजसो महिला कुवेत गइरहेको विमानस्थल स्रोतले बतायो।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

