
|
|
अस्ट्रेलियाकी एक ३४ वर्षीया एम्मा लावेललाई शरीरको वजन घटाएर ‘ट्रिम एन्ड स्लिम’ बन्ने रहर जाग्यो । तर, यो रहरको यति चर्को मूल्य चुकाउनुपर्ला भनेर उनले सोचेकीसम्म पनि थिइनन् ।६ वर्षअघि उनको वजन दुई सय २० केजी थियो । डाक्टरहरूले यत्रो ठूलो वजन उनको सौन्दर्यका लागि मात्र होइन, ज्यानकै लागि घातक हुन सक्ने बताए । वजन नघटाए उनी थप ६ देखि १० वर्षसम्म मात्र बाँच्ने सम्भावना रहेको डाक्टरहरूले बताए ।
त्यसपछि अस्ट्रेलियाको टाउन्सविलेनिवासी एम्माले शरीरको वजन घटाउने संकल्प गरिन् । शरीरको वजन घटाउन त उनी सफल भइन्, तर अहिले उनको शरीर अचम्मको भएको छ ।
वजन घटाउन उनले ग्यास्ट्रिक बाइपास सर्जरी गराइन् । सर्जरीपछि उसको वजन एक सय ३५ केजी कम भयो, तर यसको साइड इफेक्टका रूपमा उनको शरीरको छाला झोल्लिन पुग्यो । नयाँ पत्रिकाले छापेको छ ।
अहिले उनको शरीरमा २० किलोजति छाला झोल्लिएको छ । यसरी झोल्लिएको छालाले उनको सौन्दर्यमा ह्रास ल्याउनेबाहेक दोस्रो काम नगरेको डाक्टरहरूको भनाइ छ । झोल्लिएको छालाका कारण जिमलगायतका कार्य गर्न उनलाई अप्ठ्यारो भइरहेको छ । तर पनि, अफिस र घरको काम गर्न आफूलाई त्यति अप्ठ्यारो नभएको उनको भनाइ छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

