
|
|
एजेन्सी । अन्तरिक्षमा उडनतस्तरी (युएफओ) देखिने गरेका खबर सुनिन्छ । तर, भियतनामका टिभी च्यानलले अन्तरिक्षबाट रहस्यमय वस्तु खसेको समाचार प्रशारण गरेका छन् । भियतनामका सैनिक अधिकारीले चिनियाँ सीमा नजिकै धातुको रहस्यमयी गोलाकार बस्तुहरु भेट्टाएका छन् । यी गोलाकार बस्तुहरु आकाशबाट खसेको बताइएको छ । यसको आकार र तौल देखेर यहाँका सुरक्षा अधिकारी अचम्ममा परेका छन् । यी गोलाकार बस्तु भियतनामको उत्तरी इलाकामा भेटिएको हो ।
यो रहस्यमयी गोलाकार बस्तुहरुको जांचमा जुटेका अधिकारीहरुले यसलाई अन्तरिक्षबाट खसेको बताएका छन् । सूर्यको आकारमा बनेको यी प्रत्येक गोलाकार बस्तुको तौल ४५ किलोग्राम रहेको छ । सेनाको जवानहरुले यो गोलाकार बस्तुको तस्वीरलाई स्थानीय मीडियाबाट सार्वजनिक गरेपछि भाइरल बनेको छ । रहस्यमयी गोलाकारको जांच गरिरहेका सुरक्षा अधिकारी अब यो पता लगाइरहेका छन् कि आकाशबाट यो गोलाकार बस्तु कसरी आयो र यसलाई कसले बनायो ? त्यहाँका स्थानीयबासीले जाँच गरिरहेका सुरक्षा अधिकारीलाई गोलाकार वस्तु भेटिनुभन्दा पहिला गर्जन जस्तो एउटा ठूलो आवाज सुनिएको बताएका छन् र फेरि त्यसको केही घण्टापछि गोलाकार खसेको खबर आएको थियो ।
सूचनाअनुसार यी ठूला गोलाकार बस्तुका साथै केही साना गोलाकार बस्तु पनि मानिसको घर अगाडि खसेका थियो । यो वस्तुको जांच गरिरहेका अधिकारीहरुले यो गोलाकार बस्तु रुसमा बनेको अनुमान गरेका छन् तर, रूसले यी गोलाकार बस्तुलाई कुनै कुनै अन्य देशमा बेच्नका लागि ल्याउने क्रममा खसेको हुन सक्छ । यो खस्दा हजार माइल टाढासम्म जमिन हल्लिएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

