
|
|
आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?
१. एक घर: एक हेलिकोप्टर ! यो हो नि त नयाँ नेपाल !
अब नयाँ नेपालमा तपार्इलाई कतै जानुपर्यो भने साइकल, मोटरसाइकल, कार, बस,रिक्साजस्ता साधन वाहियात हुनेछन् । किनभने अब प्रत्येक घरमा एक- एकवटा हेलिप्याड हुनेछन् । देखाउनका लागि होइन हेलिकोप्टर राख्नका लागि र हेलिकोप्टर चढ्नका लागि ।
२. पूर्वराजा ज्ञानेन्द्रले भने- मैले दरबार छाडेको हुँ, घरबार होइन
पूर्वराजा शाहले पृथ्वी जयन्तीका अवसरमा विज्ञप्ति जारी गर्दै हिमाल, पहाड र तराईका जनतालाई एकतावद्ध हुन र बखेडा नगर्न आग्रह गरेका छन् । उनले अब कसले कस्तो भूमिका खेल्नुपर्ने हो त्यो प्रस्ट हुनुपर्ने मागसमेत गरेका छन् ।
३. ‘भिजिट भिसा’मा युएई जाने ? दुःख पाइएला है !
अढाइ महिनाअघि संयुक्त अरब इमिरेट्स (यूएई) आएका ललितपुरका सरोज घिमिरे अझै बेरोजगार छन् । आफूले रोजेअनुसारको काम पाइने आशामा यूएई आएका उनको दैनिकी विभिन्न कम्पनीमा बायोडाटा छाड्दै बित्ने गरेको छ ।
४. संस्मरण: झण्डै प्रचण्डहरुले मेरो हत्या गरे
वाममोर्चाको अध्यक्ष तथा पुष्पलालकी पत्नी भएकीले सहाना र पुरानो नेता भएकाले मनमोहनको अन्तर्राष्ट्रिय छवि थियो । मालेले मनमोहनलाई लिएर चुनावमा जाने सोचाइ बनायो र मार्क्र्सवादीसँग पार्टी एकीकरण गरी एमाले बन्यो ।
५. राजनीतिक सयन्त्रलाई संसदबाट बैधानिकता दिने सत्तारुढ दलको प्रस्ताव
सत्तारुढ दलहरुले सीमांकन विवाद टुङ्ग्याउन बनाइने राजनीतिक संयन्त्रलाई संसदबाट बैधानिकता दिने प्रस्ताव गरेका छन् । मधेसी मोर्चा र प्रमुख तीन दलको कार्यदलको बैठकमा सत्तारुढ दलको तर्फबाट एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री भीम रावलले ११ बुँदे मागबारे आफ्नो धारणा राखेका थिए ।
६. राजेन्द्र महतोलाई आफ्नै निर्णय निल्नु न ओकल्नु !
बिराटनगरको रानी भन्सार नाकामा प्रहरीको आक्रमणमा परेलगत्तै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले सार्वजनिकरुपमा माफी नमाग्दासम्म वार्तामा नबस्ने घोषणा गरे । तर, अहिले त्यही घोषणा महतोका लागि ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ ।
७. पूर्वअर्थमन्त्री महत र फोरम अध्यक्ष यादवले सम्पत्ति विवरण बुझाएनन्
पूर्व अर्थमन्त्री रामशरण महत सम्पत्ति विवरण नबुझाउने मन्त्रीको सूचीमा परेका छन् । सार्वजनिक पदमा रहेर सम्पत्ति विवरण नबझुाउनेले भ्रष्टाचार निवारण ऐन अनुसार ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।
८. प्रधानमन्त्री र गृहमन्त्रीले भन्न सकेनन् भूकम्पपीडितको संख्या !
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो व्यवस्थापिका संसदअन्तरगत विकास समितिको बैठकमा सहभागी भए । त्यहाँ प्रधानमन्त्रीलाई प्रश्न सोधियो-नेपालमा वास्तविक भूकम्पपीडितहरु कति हो ?
९. भैरहवा विमानस्थल निर्माणले गति लियो, समयमै सम्पन्न गर्ने लक्ष्य
चार महिनादेखिको तराई–मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलद निर्माणको कार्यले पुनः गति लिएको छ ।मधेस बन्द र नाकाबन्दीका कारण निर्माण सामग्री तथा इन्धन अभावमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको काममा केही ढिलाइ भएको हो ।
१०. नक्कली ओली बनेर ‘धुर्मुस’ले गरे लोडसेडिङदेखि ग्यासको पाइपमाथि ब्यङ्ग्य(भिडियो)
चर्चित हाँस्य कलाकार सिताराम कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यङ्ग्य गरेका छन् । युटुबबाट सार्वजनिक गरिएको एक भिडियोमा उनले केपी ओलीले पछिल्लो समय सार्वजनिक गरेका विभिन्न योजनामाथि ब्यङ्ग्य गरेका छन् ।
र, यो पनि
बाजी जित्ने चक्करमा चिम्टा नै निलेपछि…
साथीभाइसँग केही कुरामा बाजी थाप्नु सामान्य हो । कहिले खाने कुरा तथा कहिले कुनै काम गर्ने कुरा । तर कहिलेकाहीँ अलिक गम्भीर तथा घातक कामकुरामा पनि बाजी थाप्ने गर्छन् जोसिला तन्नेरीहरु ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

