Home » » बुझ्नै नसकिने नेताका आँशु

बुझ्नै नसकिने नेताका आँशु

२६ पुस, काठमाडौं ।

नेपालका मात्र होइनन्, संसारका अन्य देशका धेरै नेता पनि सार्वजनिक स्थलमै आफ्नो भावनामाथि नियन्त्रण गुमाउँछन् । यस्तो मामिलामा सबैभन्दा कमजोर सायद अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन् ।

केही दिनअघि बन्दुक नियन्त्रणसम्बन्धी नयाँ प्रावधान घोषणा गर्ने क्रममा राष्ट्रपति बाराक ओबामाका आँखा रसाए । सन् २०१२ मा स्यान्डी प्राइमरी स्कुलमा भएको गोलीकाण्डबारे कुरा गर्दै उनी रोएका थिए ।

उनीसँगै उभिएका उपराष्ट्रपति जो विडेन पनि भावुक भए ।त्यसो त सार्वजनिक स्थलमा ओबामा रोएको यो पहिलोपटक होइन । हरेकपटक जब उनी यो घटना सम्झन्छन्, उनको बोली अवरुद्ध हुन्छ र उनका आँखा भिज्छन् । स्यान्डी नरसंहारमा २० साना बालबालिका र ६ वयस्कको मृत्यु भएको थियो ।

रुन माहिर भारतीय नेता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामान्यतया कठोर प्रशासक मानिन्छ । मानिस उनलाई ‘निष्ठुरी’ पनि भन्छन् । तर, आफ्नी आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने क्रममा उनी धेरैपटक भावविह्वल बनेका छन् ।

गएको सेप्टेम्बरमा अमेरिकास्थित फेसबुक कार्यालयको भ्रमणका वेला आफ्नी आमालाई सम्झेर उनी भावुक बने, गला अवरुद्ध भयो र आँखा रसाए ।

आफ्नो कार्यकालको पहिलो दिन संसद्लाई सम्बोधन गर्ने क्रममा अटल विहारी बाजपेयीलाई याद गर्दै मोदी भावुक बनेका थिए । भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी पनि धेरैपटक भावुक देखिए ।

पूर्वपत्रकार तथा आम आद्मी पार्टी नेता आशुतोष क्यामेराअघि क्वाँक्वाँ रोएको सायदै मानिसहरूले भुले होलान् । यसअघि टेलिभिजनको क्यामेराअघि यसरी रुने नेतामा कंग्रेसका पूर्वअध्यक्ष सीताराम केसरी पनि थिए ।पुलिसको गिरफ्तारीमा पर्दा आफूमाथि दुव्र्यवहार भएको भन्दै भाजपाको ‘फायरब्रान्ड’ नेता आदित्यनाथ संसद्मा आवाजै निकालेर रोए ।

राष्ट्रप्रेमले रुन्छन् नेता
ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डी सिल्भा प्राय: भावुक हुन्छन् । सन् २००९मा सन् २०१६ को ओलम्पिक रियो डी जेनेरियोमा हुने घोषणा भएपछि उनले आफ्ना भावनालाई काबुमा राख्न सकेनन् र उभिएरै रोए । तर, उनको छविमा यसले कुनै असर परेन । उनी देशका सबैभन्दा लोकप्रिय राष्ट्रपति थिए ।

सन् २०१० मा काबुलस्थित एउटा हाई स्कुलमा अफगानिस्तानको खराब अवस्थाबारे बोल्दाबोल्दै अफगानी पूर्वराष्ट्रपति हमिद कार्जायी बेस्सरी रोए । देशमा असुरक्षाका कारण आफ्नै छोरा विदेशिने त होइन ? भन्ने डरले उनले आँसु झारेका थिए ।

जुलाई २०१४ मा पत्रकारले एक जापानी नेतासँग उनको खर्चबारे प्रश्न सोध्दा उनी रुन थाले । यसको भिडियो इन्टरनेटमा भाइरल भएको थियो । नेता रियुतारो नोनोमुरामाथि पत्रकारले निजी भ्रमणमा सरकारी पैसा प्रयोग गरेको आरोप लगाएपछि उनी रोएका थिए । उनले आफ्ना सबै यात्रा कामको सिलसिलामै गरेको स्पष्टीकरण दिए । पछि उनले यही मुद्दामा राजीनामा दिए ।

पुटिन पनि रुन्छन् र ?
सन् २०१२को मार्चमा राष्ट्रपतीय चुनावमा आफू विजयी भएको खबर पाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि रोए । मस्कोको मानेझान्या चोकमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनी मज्जैले रोए ।ती आँसु पुटिनको कठोर छविविपरीत थिए । तर, उनका प्रवक्ताले भने पुटिनका आँखामा भावनाका कारण नभई चिसो मौसम र बाफिलो हावाका कारण पानी निस्किएको स्पष्ट पारे ।

सन् २००८मा चुनावी अभियानका वेला न्यु हेम्पसायरमा एक समर्थकको प्रश्नले हिलारी क्लिन्टनलाई रुवाएको थियो । उनले आफूलाई सम्हालेर प्रश्नको जवाफ दिइन् ।पछि उनले भनिन्, ‘मसँग कुनै प्रकारको भावना नहुनु भनेको चिन्ताको विषय हो ।’ त्यसवेला उनी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको प्रत्यासी बन्ने प्रयास गरेकी थिइन् । तर, उनी बाराक ओबामाबाट हारिन् ।

बेलायतकी प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरले सन् १९९० को २८ नोभेम्बरमा डाउनिङ स्ट्रिटबाहिर भावविह्वल भएर बिदाइ भाषण दिएकी थिइन् । बेलायतमा ‘आइरन वुमन’ भनेर चिनिने थ्याचरको पार्टीले उनको नेतृत्वमा चुनावमा जान अस्वीकार गरेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । १० डाउनिङ स्ट्रिटमा अन्तिमपटक देखिँदा उनका आँखाबाट आँसु झरिरहेको थियो ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}