
|
|
२६ पुस, नेपालगञ्ज ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरुको बीचमा समस्या समाधानको निम्ति राजनैतिक छलफल र कूटनैतिक पहल भईरहेको बताएका छन् ।
५ नं. प्रदेशको प्रदेश स्तरीय बैठक र प्रशिक्षण सकेर काठमाडौं फर्कने क्रममा बाँकेको नेपालगञ्ज विमानस्थलमा क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले मधेश आन्दोलन, थारुहरुको समस्या र नाकाबन्दीको समस्या नै अहिलेको जल्दोबल्दो प्रश्न भएको बताए ।
सिमांकनको हेरफेर र परिमार्जनको निम्ति जनताको सुझाव र विज्ञहरुको राय अनुसार ३ महिना भित्र हल गर्ने प्रक्रियामा रहेको उनले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
नाकाबन्दीको स्थिति पनि खुकुलो हुँदै गएको, सरकारको तर्फबाट भएका कुटनैतिक पहल, राजनैतिक तहमा भएका छलफलले पनि समस्या हल हुँदै आएको छ, अध्यक्ष .क प्रचण्डले भने ।
अध्यक्षले भने, ‘नेपाल माथि कठोर कदम चाल्नु भारतका निम्ति नै राजनैतिक रुपले नोक्सानी भएको छ । हाम्रो अगाडि संविधान कार्यान्वयन गर्दै जाने चुनौति छन् । संविधान भएकाले जनताको चाहना अनुरुप परिमार्जन गर्दै जानेछौं । २ वटा विधयक सदनमा दर्ता भईसकेका छन् । अब केही दिनभित्र सबै समस्या हल हुन्छन् ।’
पत्रकारहरुले सोधेका जिज्ञासाको जवाफ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ र महासचिव क कृष्णबहादुर महराले पनि दिएको थियो । उनीहरु आज नै काठमाडौं फर्किएका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

