
|
|
१९ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले सत्तासाझेदार दलसंग नै सल्लाह नै नगरी मन्त्रालय विभाजन गरेपछि एमाओवादी रुष्ट बनेको छ ।
मन्त्रालय विभाजन गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधामन्त्री ओलीबीच सम्बन्ध चिसोपन आएको छ ।
मन्त्रालय विभाजन गरेपछि असन्तुष्ट बनेको एमाओवादीले सरकारमा पार्टीको तर्फबाट पठाउने राज्य मन्त्री नपठाउने भएको छ । एमाओवादीले राज्य मन्त्री नपठाउने निर्णय गरेपछि शुक्रवार ओलीले नियुक्त गरेर राज्य मन्त्रीहरुलाई सपथ गराएका थिए ।
कृषि मन्त्री एवं एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले आफ्नो पार्टीको तर्फबाट कुनै राज्य मन्त्री सरकारमा नपठाउने बताए । उनले भने,‘मन्त्रालय विभाजन गरेपछि ठूलो आलोचना भइरहेको बेला अहिले पार्टीको तर्फबाट राज्य मन्त्री बनाउने राम्रो होइन ।’
रञ्जित रेलाई प्रचण्डले भने- नाकाबन्दी तत्काल अन्त्य होस्
सरकार सञ्चालन गर्नको लागि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको सरकार सञ्चालन तथा समन्वयन समितिले बैठक आज बस्दैछ । मन्त्रीहरुले आफूखुसी काम गरेको भन्दै असन्तुष्टि जनाउदै पद छोडने चेतावनी दिदै आएका श्रेष्ठले आज सरकारका आठ मन्त्रीसंग लामो समयपछि छलफल गर्न लागेका हुन् ।
मधेसी मोर्चालाई मनाउन तीन दलका नेता बालुवाटारमा
पार्टीको निर्देशन विपरीत काम गरे मन्त्रीबाट फिर्ता बोलाउने चेतावनी दिएपछि मन्त्रीहरुले श्रेष्ठको निर्देशन पालना गर्ने बताएका छन् । आज बस्ने बैठकमा सरकार सञ्चाल, मन्त्रालय विभाजन लगायतको विषयमा छलफल हुने कोषाध्यक्ष हरिबोल गजुरेलले बताए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

