Home » » कुन बार कपाल काट्दा शुभ र अशुभ

कुन बार कपाल काट्दा शुभ र अशुभ

प्रकृतिको नियम छ कि कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् ।

तर धर्म शास्त्रका अनुसार हप्तामा कुनै बार कपाल वा नङ काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ ।

कुन बार शुभ कुन बार अशुभः

आइतबारः आइतबारलाई सूर्यको दिन मानिन्छ । यो दिन कपाल काट्दा धन, बुद्धी र धर्मको नाश हने महाभारतकव अनुशासन पर्वमा उल्लेख छ ।

सोमबारः सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ ।

मंगलबारः मंगलबार कपाल काट्नु उमेर अर्थात आयुका लागि नोकशानदायक मानिन्छ । कहिले काँहि यसले असामयिक मृत्यु समेत गराउन सक्ने महाभारतमा उल्लेख छ ।

बुधबारः नङ वा कपाल काट्न सबैभन्दा राम्रो दिन बुधवार मानिन्छ । यो दिन कपाल वा नङ काट्दा धन धान्य बढ्ने र खुसियाली आउने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।

विहीबारः विहीबार कपाल वा नङ काट्दा धन नास हुने मानिन्छ । यस दिन कपाल काट्दा मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास छ ।

शुक्रबारः शुक्रबार शुक्र ग्रहको दिन मानिन्छ । यो सौन्दर्यको प्रतिक मानिन्छ । त्यसैले शुक्रबार पनि कपाल र नङ काट्नु राम्रो दिन हो ।

शनिबारः शनिबार कपाल वा नङ काट्न अशुभ मानिन्छ । शनिबार कपाल काट्दा मृत्युक भय बढ्ने महाभारतमा उल्लेख छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}