
|
|
आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?
१. लोडसेडिङ फेरि बढ्यो, अब दिनको १५ घण्टासम्म वत्ति आउँदैन
नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गरेर हिँडिरहँदा विद्युत प्राधिकरणले भने फेरि लोडसेडिङ हो ।
२. कांग्रेसमा उमेर हदः ८० वर्षे सुशीलदेखि ४० वर्षे गगनसम्म
कांग्रेस यतिबेला १३ औं महाधिवेशनको तयारीमा छ । तर, योपटक पनि ८० वर्षका सुशील कोइराला र ७० वर्ष पुग्दै गरेका शेरबहादुर देउवा नै सभापतिमा चुनाव लड्ने तयारीमा छन् ।
३. अनुदानमा प्राप्त चिनियाँ इन्डक्सन चुल्होको मूल्य ९ हजार २ सय !
नेपाली बजारमा भारतबाट आएको इन्डक्सन चुल्होको मूल्य सामान्यतः ४ हजारदेखि ७ हजारसम्म पर्ने गरेको छ । तर, चीनले अनुदानस्वरुप दिएको चुल्होको दाम नेपाल सरकारले अहिलेसम्म तोक्न सकेको छैन ।
४. अख्तियारमा यसरी रोकियो राजेन्द्र महतोको नागरिकता छानविन
नेपालमा करिब-करिब २५ वर्षदेखि राजनीति गरिरहेका र पटक-पटक मन्त्रीसमेत भएका महतोको नागरिकता विवादमा तानिएको यो पहिलोपटक भने होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हात हालेर छोडेको विषय हो यो ।
५. मकै पिँध्ने घट्टबाटै निकाल्न सकिन्छ बिजुली
खोल्साखाल्सीमा बगिरहेको पानीबाट घट्ट चलाउने र कुटानी पिसानीको काम गर्ने प्रचलन नेपालमा पुरानो र मौलिक परम्परागत प्रविधि हो । अब आधुनिकतासँगै ती पानीघट्टबाट थोरै लगानीमै आफ्नो गाउँलाई चाहिने बिजुलीसमेत निकाल्न सकिने ‘मेसिन’ बजारमा आइसकेको छ ।
६. बाबुराम पक्षको दाबी: तेस्रो भइसक्यौं, चाँडै पहिलो बन्छौं
एमाओवादीका अध्यक्ष प्रचण्डले शनिबार इटहरीमा आयोजित १ नम्बर प्रदेशको बैठकमा आफ्नो पार्टी चाँडै तेस्रोबाट पहिलो बन्ने दाबी गर्दै थिए । सोही दिन काठमाडौंबाट धौलागिरीतिर हिँड्न लागेका ‘नयाँ शक्ति अभियान’ का नेता देवेन्द्र पौडेलले भने- हामी तेस्रो भइसक्यौं, अब पाँच वर्षभित्र पहिलो शक्ति बन्छौं ।’
७. निजी कार-जीपलाई तीन दिन पेट्रोल दिइने
नेपाल आयल निगमले काठमाडौंमा तीन दिन निजी कार तथा जीपलाई पेट्रोल वितरण गर्ने भएको छ । तीनदिनमा झण्डै १३ लाख लिटर पेट्रोल वितरण गरिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।
८. राष्ट्र बैंकले बनाएको मस्यौदा अर्थ मन्त्रालयले उल्ट्यायो
नेपाल राष्ट्र बैंकको निर्णय अर्थ मन्त्रालयले उल्ट्याएको छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको कार्यकालका सम्बन्धमा राष्ट्र बैंकको निर्णय अर्थ मन्त्रालयले उल्ट्याएको हो ।
९. माग सम्बोधन नभए राजधानी घेर्ने उपेन्द्रको चेतावनी
मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अवको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् । उनले सत्तासिन दलले संविधान संशोधन र परिवर्तन नगरे राजधानी घेर्ने चेतावनी दिए ।
१०. यी हुन् टु पिसले डुबाएका नायिका
‘फास्ट ट्रायाक’ बाट चर्चामा आउन चाहने नायिकाका लागि पहिलो विकल्प हो अंगप्रदर्शन । अंगप्रदर्शनका लागि अहिले सबैभन्दा चल्तिको फर्मुला हो आइटम डान्स र टु पिस ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

