
|
|
काठमाडौं, २७ पुस । कक्षा ११ को परीक्षाको रिजल्ट आजै साँझ प्रकाशित गर्ने तयारी गरिएको छ ।
उच्च माध्यमिक शिक्षा परिषदको सोमबार बिहान बसेको बोर्ड बैठकले आजै बेलुकासम्ममा नतिजा प्रकाशित गर्ने निर्णय गरेको परिषदका सदस्यसचिव नारायण कोइरालाले जानकारी दिनुभयो ।
सबै तयारी पुरा भइसकेकाले कुनै प्राविधिक समस्या नआए आजै बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने उहाँको भनाई छ । केही प्राविधिक कठिनाई भएमा भोलि बिहानसम्ममा नतिजा आउनेछ ।
भारतीय नाकाबन्दी र इन्धन अभाव कारण यसवर्ष रिजल्ट प्रकाशनमा ढिलो भएको हो । गत असारमा लिइएको कक्षा ११ को परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भएका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

