Home » » ‘प्रधानमन्त्री बोल्यो, ढुक्क हुनुहोस्,बागलुङ टुक्रिँदैन’—कोइराला

‘प्रधानमन्त्री बोल्यो, ढुक्क हुनुहोस्,बागलुङ टुक्रिँदैन’—कोइराला


संघीय संरचनामा जाँदा बागलुङ जिल्ला टुक्राउने प्रस्ताब पछि बागलुङमा आन्दोलन चलिरहँदा प्रधानमन्त्री सुशील कोइरालाले बागलुङ टुक्राउने निर्णय सच्चाउने बताएका छन् । बागलुङका जनता तथा सभासदलाई जानकारी नदिई बागलुङलाई दुई प्रदेशमा राखेको बिरोधमा समग्र बागलुङलाई प्रदेश नं ४मा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका सभासद सहितको टोलीलाई कोइरालाले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘तपाईँहरु ढुक्क हुनुहोस् संविधान संशोधनको अन्य प्रस्ताब जाँदा बागलुङलाई प्रदेश नम्बर ४मै राख्ने प्रस्ताब लैजान्छौँ,’ प्रधानमन्त्री कोइरालाले भने । कोइरालाले समग्र बागलुङका जनता एकै ठाउँमा भएर बागलुङलाई एकै प्रदेशमा माग राखिरहेकोले सबै पार्टी मिलेर निर्णय सच्चाउन बताएका छन् ।
सो अवसरमा बागलुङका सभासद प्रकाश शर्मा पौडलले प्रधानमन्त्री कोइरालालाई बागलुङको जारी आन्दोलनको बारेमा जानकारी गराएका थिए । विगतमा पनि आश्वासन दिएर आन्दोलन रोके पछि धोका भएको सभासद पौडेलले बताए । ‘विगतमा हामीलाई धोका दिनुभयो , जिल्ला आन्दोलित भएको छ, हामी आन्दोलन रोक्न सक्दैनौँ ,बागलुङबासी कसरी आश्वास्त हुने भन्ने सभासद पौडेलको प्रश्नमा कोइरालाले भने, आन्दोलन हिंसात्मक भएर अप्रिय घटना घटे त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने प्रधानमन्त्रीलाई जानकारी गराएको डिल्लिराम सुवेदीले बताए । बागलुङका सभासद रत्ना शेरचन, चम्पादेवी खड्का, ज्ञान कुमारी छन्त्याल, नर बहादुर थापा, मिना पुन सहित, बागलुङ—काठमाण्डौ नागरिक संघर्ष समन्वय समिति सहित करिब १ सय जनाले प्रधामन्त्री कोइराला सहित अन्य नेताको पनि ध्यानाकर्षण गराएका थिए ।
सो टोलीले संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला, कांग्रेस बरिष्ठ नेता शेर बहादुर देउवा, एमाले बरिष्ठ नेता झलनाथ खनाललाई भेटेर बागलुङ टुक्राउने निर्णय कुनै पनि हालतमा सच्चाउन माग गरेका थिए । सो भेटमा सिटौला, देउवा र खनालले बागलुङलाई प्रदेश नं ४मै राख्ने निर्णय गर्ने प्रतिवद्धता जनाएका थिए । बागलुङबाट काठमाण्डौमा बस्नेहरुको भेलाले मन्जेश बम मल्लको संयोजकत्वमा नागरिक संर्घष समिति बनाएर प्रमुख राजनीति दलका शीर्ष राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।


Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}