
|
|
सरिता खत्री /शर्मिला बस्नेत ,भदौ ११ गते । बाग्लुङ जिल्लालाई राज्य पुर्नसंरचनामा दुई खण्डमा बिभाजन गरिएपछि आन्दोलित बनेकागलकोटबासीहरुले आन्दोलनको आज छैठौ दिन पनि गलकोट बन्द कायमै राखेका छन ।
अनिश्चित कालिन बन्द सहितको आन्दोलनका क्रममा बिभिन्न ठाउँमा बिरोध जुलुस र कोण सभा संचालन भईराखेका छन् । जस अन्तरगर्त आज गलकोटको बासखोलामा ¥यालि सहित बिरोध सभा सम्पन्न भएको छ । जबसम्म अखण्ड बागलुङ कायम हुदैन तबसम्म बन्द सहित सड्कमा रहने बन्दकर्ताको प्रतिबद्धता रहेको छ ।
तिन राजनितिक पार्टीका शिर्ष नेताहरुले राज्य पुर्नसंरचनामा बागलुङ जिल्लालाई अन्यायपुर्ण रुपमा २ भागमा विभाजन गरेको विरोधमा सर्वदलिय तथा सर्वपक्षिय आन्दोलन परिचालन समिति गलकोटको आयोजनामा बासखोला हजारौ जनताको उपस्थ्तििमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
छैठो दिनको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले अखण्ड बागलुङ कायम गर्नको लागि आफुहरुले जस्तो सुकै बलिदान दिन तयार भएको र आन्दोलनमा कहि कसैले घात गर्छ भने उचित जवाफ दिने राज्यलाई झुकाएरै छाड्ने पतिबद्धता जनाएका थिए । यसरी मन्त्वय राख्नेहरुमा नेपाली काग्रेश जिल्ला समिति सदस्य भरत गैरे ने.क.पा एमालेका गलकोट विशेष समितिका संयोजक बुल ब.केसी ए.ने.पा माओवादी मल्मका सचिव भिम के.सि राष्टिय जनमोर्चा बागलुङका उपाध्यक्ष वेदिलाल सापकोटा ने.क.पा ड्यास माओवादी जिल्ला सदस्य खिम साहानी ने.कपा माओवादीका जिल्ला सदस्य दलसिँह खत्री सामुदायिक सेवा केन्द्र हरिचौरकी सदस्य मञ्जु चालिसे संघर्ष समिति बागलुङका सदस्य राज थापा उघोग वाणिज्य संघ गलकोटको तर्फबाट लेकराज खड्का नेपाल रेडक्रस सोसाइटी बागलुङका उपाध्यक्ष राम बहादुर खत्री अखिल नेपाल शिक्षक संघ एरिया समिति सदस्य शोमलाल सापकोटा घुम्टे युवा परिवार मल्मका सल्लाकार सदस्य दल ब. थापा गलकोट समाज गलकोटका अध्यक्ष हर्क ब. पाण्डे घम्टे दलित संजाल हरिचौरका अध्यक्षय ओम सुनार गल्कोट बहुमुखि क्याम्पस हटियाका साहयक क्यम्पस प्रमुख कृष्णा प्रसाद गौतम मल्म ६ का वाड नागरिक मञ्चका अध्यक्षय रत्न बहादुर मल्ल गा्रमिण आत्म निर्भर महिला केन्द्र काडेबासकि सचिब नम कुमारी सापकोटा भैरव मा.बि मल्मका शिक्षिक बिष्णु मल्म सहयोगि महिला विकास सहकारि संस्था हरिचौर कि अध्यक्ष्य भगबति मल्ल ब्रमाण समाज बागलुङका इन्द्र चालिसे आदिबासि जनजातिका प्रतिनिधि ललित श्रिस लगाएत थिए ।
गलकोट क्षेत्रका राजनितिक पार्टिका नेता कार्यकर्ताको सामाजिक सस्थाका अगुवा तथा सर्वसाधारण हजारौको उपस्थित रहेको कार्यक्रममा सहभागिले बास्खोला आगाखेत परिक्रमा गरि जागरण मुलक गितहरु प्रस्तुत गरेका थिए यसैबिच संघर्ष समिति गलकोटले थप कार्यक्रमको घोषण गर्नका लागि भोलि दिउसो २ बजे हटिया गा.बि.स कार्यलयमा सर्बदलिया सवपक्षिया आन्दोलन परिचालन समिति बैठक बस्ने र आन्दोलनको कार्यक्रमलाई यर्थाबत राख्दै आईतबार काडेबास बजारमा बिरोध सभा सम्पन्न गर्ने निणय गर्ने जनाइएको छ ।
कार्यक्रम राष्टिय जनमोर्चा गलकोटका अध्यक्ष पदम क्षेष्ठको अध्यक्षता नेपाली काग्रेश बागलुङ क्षेत्र नं २का सभापति घनश्याम गौतमको स्वागत र सामुदायिक रेडियो गलकोट एफ.एम १०२ थोप्लो ४ मेघाहर्जका सचिव विर बहादुर चोखालको संञ्चालनमा सम्पन्न भएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

