
|
|
जिल्लामा अखण्ड बागलुङको नाममा आन्दोलन चलिरहेको छ । जहाँ जिल्ला स्थित सबै राजनैतिक दलहरु आन्दोलनमा सहभागी देखिन्छन् । हिजो बागलुङ दुई टुक्रा भयो भन्ने चिन्तामा जिल्ला स्थित दलहरु देखिएपनि प्रस्ट रुपमा काँग्रेस, एमाले र एमाओवादी नै त्यसका भागीदार हुन् । यसमा कुनै दुईमत छैन । जो उनका केन्द्रका नेताले रातारात टेबुलमाथि कोरेको सिंमांकनको प्रस्तावित खाकाले बताएको छ ।
यता जिल्ला विभाजन हुने भयो भनेपनि गत साउनको अन्तिम हप्ता तिर बागलुङमा, यिनै दलका जिल्ला स्तरका नेताहरुलाई टाउको दुखाई भयो । एकाएक सडकमा निक्लिए । टायर बाले, आन्दोलन भने, सडक, कलकारखाना, यातायात बन्द गराउँदै हिंडे । भोलीपल्ट तिनै शीर्ष दलका केही नेताहरु सामाजिक सञ्जालमा जिल्ला नटुक्रने भयो भन्दै स्टाटस लेख्तै हिडे । बधाई र शुभकामना बाँडे । आखिर उनीहरु कति कच्चा खेलाडि रहेछन् भन्ने दास्रो पटक आएको सिमांकनको खाकाले देखाइदियो । अहिले तिनै नेताहरुका वालमा अखण्ड आन्दोलनका फोटाहरुले बढी रंगीएका छन् ।
अघिल्लो पटक जिल्ला विभाजन भयो भन्दै गर्दा एकाएक सडकमा आएको नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका जिल्ला तहका नेताहरु, केन्द्रबाट जिल्ला नटुक्रने भयो भन्दै यस्तो लेख्न भ्याए । यसरी सामाजिक सञ्जालमा ढँटुवा स्टाटस लेख्ने एक नेता हुन्, नेपाली काँग्रेस बागलुङका कार्यवहाक सभापति जगदिशचन्द्र उपाध्याय । उनले बागलुङको लोकतान्त्रिक चोकमा उभिएर भाषण गर्दै गरेको फोटो सहित ल सबलाई बधाई छ, बागलुङ नटुक्राउने निर्णय भयो भन्ने लेखेका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

