
|
|
नेपाल शिक्षक महासंघमा आवद्ध ६ पेशागत शिक्षक संघ संगठनले सोमबार संयुक्त विज्ञप्ती जारी गरी भाद्र १७ गते सम्म सम्पूर्ण विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई आग्रह गरेको छ । महासंघले बन्दको अवधीमा विद्यार्थीमा पर्नै क्षती कम गर्न सार्वजनिक विदाका दिनमा पठन पाठन गर्ने व्यवस्था मिलाउन सबै विद्यालयका प्रअ, शिक्षक कर्मचारीहरुलाई आग्रह गरेको छ ।महासंघका आवद्ध नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष सागर खरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गोविन्द भण्डारी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मुहमद अजिज, अखिल नेपाल शिक्षक संघका अध्यक्ष कृष्णप्रसाद आचार्य, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हरिप्रसाद पौडेल, र एकिकृत नेपाल प्रगतिशिल शिक्षक संगठनकाका अध्यक्ष नइन्द्रबहादुर गुरुङले संयुक्त हस्ताक्षर गरी प्रकाशित गरेको विज्ञप्तीमा जिल्लामा चलेको आन्दोलनलाई सार्थक निष्कर्षमा पु¥याउन अझ बढि एकता आवश्यक परेकोले जिल्लाका सम्पूर्ण शिक्षक, कर्मचारी, अविभावक तथा विद्यार्थी र आम जिल्लाबासी नागरिकमा आन्दोलनमा सहभागि हुन अपिल गरेको छ । लामो समयसम्म विद्यालय बन्द गरेर आन्दोलनमा सहभागि भैरहन नसकिने भन्दै महासंघले बन्दका विकल्पमा आन्दोलनका अन्य कार्यक्रम ल्याउन समेत नागरिक समाजसंग आग्रह गरेको छ ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
