Home » » बागलुङ टुक्राईएको विरोधमा बुर्तिवाङमा विशाल जुलुस प्रदर्शन !

बागलुङ टुक्राईएको विरोधमा बुर्तिवाङमा विशाल जुलुस प्रदर्शन !

राम सुवेदी, बुर्तिबाङ २०७२ भदौ १४ । बागलुङलाई टुक्राइएको विरोधमा जिल्लाभर आन्दोलन भएरहेको बेला आज बुर्तिबाङ बजारमा पनि अखण्ड बागलुङको पक्षमा पर्दशन भएको छ ।

संघीय संरचनामा दुईभागमा विभाजन भएको छ । जहाँ बागलुङको पश्चिम भागलाई ४ नं. प्रदेशमै कायम गर्न भन्दै एकीकृत सेवाकेन्द्र बुर्तिबाङ मार्फत अखण्ड जिल्लाको माग सहितको ज्ञापनपत्र बुझाइएको हो ।

हालको सिमांकनमा प्रदेश नं. ५ मा रहेको बागलुङको पश्चिम क्षेत्रलाई तत्काल संशोधन गरि बागलुङ जिल्लाई अखण्ड राख्दै, प्रदेश नं. ४ मै रहन चाहेको माग पत्र संविधानसभाका अध्यक्ष समक्ष पु¥याउने आन्दोलन परिचालन समितिका अगुवा गौरीश्वर पाण्डेले बताए । पाण्डेका अनुसार आज सेवा केन्द्र प्रमुख जनक थापा समक्ष उक्त ज्ञापन पत्र बुझाएका छन् ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति तारानाथ पौडेल र राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सल्लाहकार गौरीश्वर पाण्डेले उक्त ज्ञापन पत्र बझाएका हुन् । ज्ञापनपत्र बुझ्दै, सेवा केन्द्र प्रमुख थापाले तत्काल सम्बन्धित निकायमा पु¥याउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

अखण्ड बागलुङको पक्षमा आन्दोलन सञ्चालन भएको आज आठौं दिन भएको छ । बुर्तिबाङमा यस अघि पनि जुलुस र बन्द सहितको आन्दोलन चलिरहेको वेला जनैपुर्णिमालाई मध्यनजर गर्दै ३ दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको क्षेत्र नं. ३ अन्तरगतको संयुक्त आन्दोलन परिचालन समितिले जनाएको थियो । पुनः आजबाट आन्दोलनका कार्यक्रमहरु जारि रहेको उनीहरुले बताएका छन् ।

आजदेखि आन्दोलनमा रहेको टोलीले अखण्ड बागलुङको पक्षमा नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए । भोलीदेखि यातायात र व्यापार बन्द राख्ने तर स्कुल खुल्ला गर्ने गरि आन्दोलनका कार्यक्रम तय गरिएको बताएकाछन् । यही भदौ १७ गते बुर्तिबाङ विशाल ¥याली सहितको कार्यक्रम हुने बताइएको छ ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}