Home » » बुर्तिवाङमा मौन जुलुस : बुर्तिवाङवासी के भन्छ ? अखण्ड बागलुङ दे भन्छ !

बुर्तिवाङमा मौन जुलुस : बुर्तिवाङवासी के भन्छ ? अखण्ड बागलुङ दे भन्छ !

राम सुवेदी, बुर्तिवाङ २०७२ भदौ १५ ।बागलुङलाई अखण्ड राख्ने भन्दै जिल्लाभर आन्दोलन चलिरहेको वेला बुर्तिबाङमा पनि आज मौन जुलुस निस्किएको छ ।

जिल्लामा आज दशौं दिन अखण्ड बागलुङको पक्षमा आन्दोलन चलिरहेको छ । यसै सन्दर्भमा बुर्तिबाङमा पनि आज दाङ, सल्यान गईदैन, बागलुङ टुक्राउन पाईदैन, बुर्तिबाङवासी के भन्छ, अखण्ड बागलुङ दे भन्छ । जस्ता नारा लेखिएका प्लेकार्ड सहित जुलुस निस्किएको छ ।

आन्दोलनमा केही दिनसम्म एमाले र एमाओवादीले आन्दोलनमा साथ नदिएको भन्ने थियो तर हिजो देखि दुवै पार्टीका समर्थकहरुले आन्दोलनमा एक्यवद्धता जनाएका छन् । बागलुङलाई दुईभागमा विभाजन गरि दुई भिन्ना भिन्नै प्रदेशमा खण्डित गरिएको भन्दै बुर्तिबाङवासी आन्दोलित भएका हुन ।

जिल्लालाई अखण्ड राख्दै प्रदेश नं. ४ मै रहने गरि सिमांकन गरियोस भन्दै सुरुभएको आन्दोलनमा यहाँका नेपाली काँग्रेस, एमाले, एनेकपा माओवादी, राष्ट्रिय जनमोर्चा आन्दोलनमा सहभागी भएकाछन् । यदपि केही व्यक्तिहरुको अखण्ड बागलुङ भन्दा फरक मत भने यथावत नै रहेको देखिन्छ ।
Source: ebaglung.com

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}