Home » » प्रहरी र नागरिक वीचको सम्वन्धलाई लिएर दुई दिने प्रशिक्षण कार्यक्रम !

प्रहरी र नागरिक वीचको सम्वन्धलाई लिएर दुई दिने प्रशिक्षण कार्यक्रम !

महेन्द्र केसी, पर्वत २०७२ भदौ १६ । समाजमा शान्ति, सुशासन तथा सदभाव कायम गर्नको लागि नेपाल प्रहरीको भुमिका महत्वपूर्ण हु्न्छ भने नागरिकको पनि त्यतिनै महत्वपूर्ण भूमिका रहन्छ । समाजमा केकस्ता घटना घटे वा हुदै छन् त्यसको बारेमा प्रहरीलाई जानकारी दिने नागरिकको कर्तव्य हो तर प्रहरी र आम नागरिक विच सदभाव र सहकार्य नहुदाँ समाजमा द्वन्द्व तथा हिंसाका घटनाहरु हुने गर्दछन्े जसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी एकमात्रैको पहल र सामाथ्र्यले काम दिदैन जसका कारण समाजमा शान्ति स्थापनामा बाधा पुग्नु जान्छ ।

प्रहरी र नागरिक भनेका एक रथका दुई पांङग्रा सरह हुन । जब रथमा एक पाङग्रा भएन भने रथ एक पाङग्राले कसरी चल्न सक्छ त्यस्तै हो नागरिक र प्रहरी विचको सम्बन्ध ।

जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी र नामगरिक विचको सम्बन्ध कस्तो हुनुपर्छ र प्रहरी र नागरिक विचमा कस्तो व्यवहार राख्नु उपयुक्त हुन्छ भन्ने बारेमा आफ्ना उपल्लो तहका प्रहरीलाई नागरिक र प्रहरी विचको व्यवहार तथा सम्बन्धका बारेमा प्रशिक्षण दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा प्रहरी नायब निरिक्षक देखि लिएर प्रहरी जवान दर्जाका प्रहरीलाई दूई दिने नागरिक प्रहरी विचमा गरिने व्यवहार सम्बन्धका बारेमा तालिमको संचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नागरिक र प्रहरी विच कस्तो आपसी सम्बन्ध रहेमा समाजमा दिगो शान्ति स्थापना तथा अप्रिय घटना लागुऔषध द्ुव्र्यसनी, महिला हिंसा लगाएतका घटनाको नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण गरिने बताइएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुनजित तामाङले सहजीकरण गर्ने बताइएको छ ।

केहि समय अगाडी परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगा पन्तले प्रहरी र नागरिक विचको सम्बन्ध नङ र मासु सरह भएको भन्दै नागरिक र प्रहरी समाजका विम्ब भएको बताएकी थिइन ।

सो कार्यक्रममा उनले नागरिक पनि एउटा बर्दि विनाको प्रहरी भएका कारण समाजमा के कस्ता घटना घट्छन त्यसको बारेमा जानकार।ी दिनु नागरिकको कर्तव्य भएको उल्लेख गरेकी थिइन् । प्रनाउ पन्तले जिल्लाको शान्ति सुरक्षाको नागरिकलाई नै बर्दी विनको प्रहरीको रुपमा परिचालन गरी शान्ति सुरक्षालाई मजबूत बनाउने बताएकी थिइन ।

नेपाल प्रहरीले केहि बर्ष अगाडी मात्रै प्रहरी र नागरिक विचको सम्बन्ध निकट र सकरात्मक बनाउनको लागि मुस्कानसहितको प्रहरी सेवा भन्ने अभियाननै चलाएको थिए । मुस्कान सहितको प्रहरी सेवाका कारण नागरिक र प्रहरी विचको सम्बन्धमा सकारात्मक प्रभाव परेको बताइन्छ ।
Source: ebaglung.com

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}