
|
|
बागलुङ बजार लोकतान्त्रिक चोकमा आईतवारदेखी सुरु भएको अनिश्चितकालीन रिले अनशन तथा धर्ना कार्यक्रमलाई आज पनि जारी राखेको हो । आजको रिले अनसनको राप्रपा नेपालका क्षेत्र नं १ का अध्यक्ष रणबहादुर बोहोराले नेतृत्व गरिरहेका छन् ।
अखण्ड बागलुङको पक्षमा जिल्लाका राजनीतिक दलहरुले अनिश्चितकालीन बन्दको आव्हान गरिरहेका बेला बन्द हड्तालले समस्याको समाधान नहुने भन्दै रिले अनशन शुरु गरिएको राप्रपा नेपालले जनाएको छ ।
रिले अनशनका क्रममा कार्यक्रम स्थलमा दिनभर धार्मिक भजन कीर्तिन सहित हस्ताक्षर अभियान पनि सन्चालन गरिएको छ ।
पार्टीले राखेको माग सम्वोधन नभए सम्म अनसन जारी रहने राप्रपा नेपाल बागलुङका अध्यक्ष नविन सर्वुजाले वताए ।
Source: ebaglung.com

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

