Home » » बागलुङका नेतामाथि पर्वत प्रहरीद्वारा दुव्र्यवहार,आफ्नै जिल्लामा जाउ भनेको गुनासो

बागलुङका नेतामाथि पर्वत प्रहरीद्वारा दुव्र्यवहार,आफ्नै जिल्लामा जाउ भनेको गुनासो


बागलुङ— जिल्ला टुक्रिएको बिरोधमा एक साता देखि आन्दोलनरत बागलुङको राजनीतक नेतृत्वमाथि पर्वत प्रहरीले हस्तक्षेप गरेको छ । बन्द गराउन बागलुङकोpolitical प्रवेशद्वारा पर्वतको मालढुंगा पुगेका राजनीतिक दलका नेतालाई पर्वतबाट आएको प्रहरीले आफ्नै जिल्लामा गएर आन्दोलन गर्न भन्दै दुव्र्यवहार गरेको गुनासो गरेका छन् ।
पर्वत र बागलुङको सीमा मालढुंगाको सडकमै पत्रकार सम्मेलन गर्दै बागलुङका सात राजनीतिक दलले प्रहरीको दुव्र्यवहारको आालोचन गरेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्वतबाट खटिएका प्रहरी निरिक्षक ओम प्रकाश चौधरीले राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अम्मर थापालाई दुव्र्यवहार गरेको नेपाली कांग्रेस बागलुङका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए । ‘प्रहरीले आफ्नै जिल्लामा जाउ, पर्वत आउने अधिकार छैन भन्दै हामीमाथि हातपात गर्ने काम ग¥यो ,’ उपाध्यायले भने, ‘आफ्नै जिल्लाको प्रवेशद्वारामा गरिएको हस्तक्षेप निन्दनीय छ ।’ सो घटनाको छानविन गर्न राजनीतक दलले माग गरेका छन् । पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका टंक कँडेल,एनेकपा माओवादीका कार्यालय सचिब चन्द्र बहादुर थापा शिखर, नेकपा मालेकी हुमा खड्का, राप्रपाका अध्यक्ष टिकाराम सापकोटा, अखण्ड पार्टीका कार्यवाहक अध्यक्ष रुद्र महत लगायतले घटनाको निन्दा गरे ।
बागलुङमा क्रियाशिल राजनीतक दलहरु समग्र बागलुङलाई प्रदेश नं ४मा राख्नुपर्ने माग गर्दै अनिस्चितकालीन आम हडतालमा उत्रिएका छन् ।
तपाईँलाई यहाँ बस्ने अधिकार छैन भन्दै आँफुमाथि हातपात र दुव्र्यवहार गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापाले बताए । दुव्र्यवहार गरेको आरोप लागेका प्रहरी निरिक्षक चौधरीले आँफुले राजनीतिक दलका नेतामाथि दुव्र्यवहार नगरेको बताएका छन् । ‘बागलुङमै गएर आन्दोलन गर्नुहोस् भनेको हो,’ चौधरीले भने, ‘पर्वत बन्द छैन । आन्दोलनमा घुष पैठ होला भनेर सर्तक रहन सचेत गराएका हौँ ।’
कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राप्रपा, अखण्ड पार्टीको नेतृत्वमा एक सातादेखिको निरन्तर बन्दले यहाँको जनजीवन प्रभावित भएको छ । बन्दले यहाँका सवै बजार बन्द छन् । शैक्षिक संस्था, उद्योग , कलकारखाना बन्द भएका छन् । बागलुङ बजार लगायत हटिया, हरिचौर, बुर्तिवाङ लगायतका जनता बागलुङ टुक्राउने निर्णय सच्चाउन माग गर्दै दिनहुँ प्रर्दशन गरिरहेका छन् । आज बागलुङको गल्कोटमा जनताको भावना विपतरिट जिल्ला टुक्राउने काम गरेको भन्दै राजनीतिक दलका शीर्ष नेतृत्वको पुत्ला दहन गरेका छन् । आज पनि बागलुङमा विद्यार्थीहरुको नेतृत्वमा प्रर्दशन गर्ने तयारी गरेका छन् ।


Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}