
|
|
बागलुङ—
जिल्ला टुक्राएको बिरोधमा आन्दोलनमा उत्रिएका यहाँका राजनीतिक दलहरुले आन्दोलनलाई उग्र बनाउँदै गएका छन् । पाँच दिनदेखि निरन्तरको बन्दले जनजीवन प्रभावित भएको अवस्थामा आन्दोलनकारीले बिहीवार सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् ।
बागलुङको हटियामा एक मोटसाइकल आगजनी गरेका हुन् भने बागलुङ बजारमा ट्याक्सीमा तोडफोड गरेका छन् । बन्दले जनजीवन प्रभावित भएको छ । बागलुङको पश्चिम क्षेत्रलाई प्रदेश नं ५मा राखेको बिरोधमा आन्दोलित भएका हुन् ।
समग्र बागलुङलाई प्रदेश नम्बर ४मा राख्न माग गर्दै बागलुङ बजार सहित ग्रामिण बजारमा आन्दोलन जारी रहेको नेपाली कांग्रेसका कार्यबाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए । नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी , राष्ट्रिय जनमोर्चा, राप्रपा, अखण्ड नेपाल, नेकपा माले लगायतका दलले आन्दोनलको नेतृत्व गरेका छन् । उद्योग बाणिज्य संघले आन्दोलनलाई साथ दिएको छ ।
बागलुङ बजार सहित गल्कोट हटिया, हरिचौर खरवाङ, बुर्तिवाङ, कुश्मिशेरा, बरेङ लगायतका क्षेत्रमा दिनहुँ प्रर्दशन भएका छन् । बजार, शैक्षिक संस्था, सवारी साधन ठप्प रहेका छन् । बुर्तिबाङ क्षेत्रको प्रर्दशनमामा तमान, अधिकारीचौर, बोबाङ, निसी, बोहरागाउँ, देविस्थान, खुँगा, बुर्तिबाङ, भिमगीठे, दर्लिङ, ग्वालीचौर र दगातुम्डाँडा लगायत गाविसका स्थानीय सहभागी भएको स्थानीय गण्डकी थापा अधिकारीले जानकारी दिईन् ।
यसैबीच जिल्ला टुक्राएको बिरोधमा हरिचौर बजारमा एकहोरो शंख बजाउदै बिरोध जुलुस प्रर्दशन गरेका छन् । जुलुसमा गल्कोट आसपासका तारा, अर्गल, हिल, अमभूमि, हटिया, मल्म, नरेठाँटी, दुदिलाभाटी लगायतका जनताको सहभागिता रहेको स्थानीय बालकृष्ण सुवेदीले बताए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

