Home » » भाग्यले बाँचेका मान्छे बागलुङमा र्हेन पाईने !

भाग्यले बाँचेका मान्छे बागलुङमा र्हेन पाईने !

बागलुङ भदौ ५ गते । बैशाख १२ गतेको विनाशकारी भुकम्पका बेला भौतिक संरचनाभित्र छिचिएर लामो मृत्युको मुखमा पुगेर फर्किएकाहरुको कथा समेटेर बनाइएको बृत्तिचित्र बागलुङमा हेर्न पाइने भएको छ । महाभुकम्पपछि पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ‘भाग्यले बाचेका’हरु बागलुङबासीलाई हेर्ने अवसर प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दिन लागेको हो । बृत्तचित्र निर्माणपछि भएका अधिकांश प्रदर्शनहरुमा दर्शकलाई रुवाउन सफल बृत्तचित्रको विशेष प्रदर्शन गर्न लागिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयो । बृत्तचित्रमा भुकम्पका बेला घण्टौपछि भौतिक संरचनाबाट सकुसल उद्धार गरेर बा“चेका र उनीहरुलाई बचाउनेहरुको कथामा आधारित भएर बृत्तचित्र निर्माण गरिएको निर्देशक पाण्डेले जानकारी दिनुभयो । ‘बृत्तचित्र निर्माणपछि धेरै ठाउमा अवलोकनका लागि माग भएको छ ।

देश विदेशका विभिन्न ठाउहरुमा बृत्तचित्रको विशेष प्रदर्शन गरिएको उल्लेख गर्दे पाण्डेले विदेशमा यसको माग अत्याधिक भएकाले विभिन्न भाषामा पुनः डविङको काम भइरहेको जानकारी दिनुभयो । बृत्तचित्र प्रदर्शनबाट संकलन भएको केही रकम भुकम्पबाट घाइते भएकाहरुको उपचार तथा बालबालिकाको सहयोग र प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले स्थापना गरेको क्रियाशिल पत्रकारीता कोषमा जम्मा गरिने अध्यक्ष शर्माले बताउनुभयो । प्रेस चौतारी नेपालका सचिब समेत रहनुभएका पाण्डेद्वारा निर्देशित ‘भाग्यले बाचेका’ बृत्तचित्रमा बैशाख १२ र २९ गतेको भुकम्पमा लामो समयसम्म भग्नाबषेश भित्र पुरीएर बाचेकाहरुको अनुभबलाइ उतारीएको छ । बृत्तचित्रका लागि १ हजार, ५ सय र ३ सय रुपैयाको टिकटको व्यवस्था गरेको प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले जनाएको छ । प्रदर्शन गर्न लागिएको बृत्तचित्र हेर्नका लागि शाखाले सम्पुर्णलाई आह्वान समेत गरेको छ । भदौ १५ गते प्रदर्शन गरिने बृत्तचित्रका लागि शाखाले विभिन्न समितिहरु बनाएर कार्यलाई तिब्रता प्रदान गरेको छ ।
शाखाका अध्यक्ष, उपाध्यक्ष एवं सचिवको संयोजकत्व बनाएर कार्य सञ्चालनका लागि पदाधिकारी एवं सदस्यलाई परिचालन गरिएको शाखाले जनाएको छ । कार्यक्रममा शाखाका सल्लाहकार रामबहादुर जिसी, रामकृष्ण शर्मा, नेपाल पत्रकार महासंघका सचिव दिल शिरिषले बोल्नुभएको थियो । कार्यक्रम शाखाका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता र सचिव सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । के छ भाग्यले बाँचेकाहरुभित्र ५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ ।
पत्रकार गणेश पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ । डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नया“ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ । काठमाडौंको सुन्धारास्थित काठमाडौं मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । निर्देशक पाण्डेका अनुसार पा“च तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हु“दा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि डकुमेन्ट्रीमा बेजोड रुपमा उतारिएको छ ।
यसैगरी, धराहराबाट खसेर बाच्न सफल लमजुङकी बबिता सेढाई, काठमाडौंको नया“ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौंको बसपार्कमै सात तले घरले थिचिंदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बा“चेका अर्घाखा“चीका ऋषि खनाल, काठमाडौंको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बा“सीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आ“गनको इनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ बर्षीया शिवकुमारी खागी, काठमाडौंको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई डकुमेन्ट्रीमा समेटिएको छ । यसैगरी, भूकम्पमा परेकालाई जीवितै उद्दार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पा“च–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्या“जुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।



Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}