
|
|
म्याग्दी, भदौ । बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएर दुर्व्यवहार गरिएको घटनाको सम्बन्धमा अदालतले गरेको फैसला गरे पनि कार्यान्वयन नहुँदा अन्यायमा परेको भन्दै पीडितले पुनरावेदन अदालतलतमा उजुरी दिएकी छन् । जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसलाको समेत कार्यान्वयनको नगरिदाँ अहिले पनि मानसिक यातना भोग्नु परेको पीडितले गुनासो गरेकी छन् ।
बेनी नगरपालिका क्याम्पसचोककी ५० वर्षीय मैती थापा र उनकी छोरी विस्सु केसीले ०७१ असोज २२ गते सोही ठाउँकी एक महिलालाई कुटपिट गरी बच्चाको अभक्ष खुवाएर दुर्व्यवहार गरेका थिए ।
पीडितको उजुरीका आधारमा अनुसन्धानपछि जिल्ला अदालतले ०७१ माघ १५ गते मैती थापा र उनकी छोरी विस्सु केसीलाई मुलुकी ऐन अदालती बन्दोवस्ती महलको १० ख नं। अनुसार कैद र जरिवाना तोकेको थियो । पछि पीडक विस्सु र मैतीले पुनरावेदन अदालत बागलुङमा उजुरी गरेका थिए । पुनरावेदन अदालतले जिल्ला अदालत म्याग्दीले ०७१ माघ १५ गते गरेको आदेशलाई नै सदर गदै २०७२ जेठ ३१ गते निर्णय सुनाएको थियो ।
ऐनअनुसार पीडक दुवै जनालाई म्याग्दी जिल्ला अदालतले चार चार महिना कैद र दश दश हजार रुपियाँ जरिवाना तोकेको थियो । दुवै जनाले २३ दिन हिरासतमा बिताएकाले तीन महिना सात दिन कैद सजाय र जरिवाना तिर्न पुनरावेदन अदालतले आदेश गरेको थियो । अदालतबाट आदेश भएपनि अझैसम्म त्यसको कार्यान्वयन भएको छैन ।
जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर विमलकुमार उपाध्यायले आफूहरु कहाँ थुनुवा आदेशको पुर्जी अदालतले नपठाएकाले गिरफ्तार गर्न नसकिएको बताए । पीडितले २०७२ असार २९ गते जिल्ला अदालत र पुनरावेदनले जारी गरेको आदेश कार्यान्वयनका लागि पीडकहरुको कैद भुक्तानी गराइ पाउँ भन्दै निवेदन पेश गरेकी थिइन । असार अन्तिममा निवेदन दिएको भएपनि अदालतबाट कुनै जानकारी नआएकाले कारबाही अगाडि बढाउन नसकेको इन्सपेक्टर उपाध्यायले बताए ।
जिल्ला प्रहरी कार्यालयले पीडित पक्षबाट फैसला कार्यान्वयनको लागि भन्दै उजुरी परेकाले फैसलाको बारेमा जानकारी गराउन भन्दै जिल्ला अदालतलाई पत्राचार गरेको जनाएको छ ।(इन्सेक अनलाइनबाट)

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

