Home » » गलकोटबासी निर्णायक आन्दोलनको तैयारीमा, हटिया देखि खर्बाङ बजार सम्म बिरोध जुलुस !

गलकोटबासी निर्णायक आन्दोलनको तैयारीमा, हटिया देखि खर्बाङ बजार सम्म बिरोध जुलुस !

नेपालसंचार डेस्क /गल्कोट ,भदौ ८ गते। संघिय संरचनामा बाग्लुङ जिल्लालाई पुर्बि र पश्चिमि भागमा आन्दोलित बनेका गलकोटबासीले निर्णायक आन्दोलनको तैयारी गरेका छन् ।

भदौ ६ गते देखिनै अनिश्चित कालिन गलकोट बन्दको घोषणा गरिएको छ । बन्दै संगै आज तेस्रो दिन गलकोटको हटिया देखि खर्बाङ बजार सम्म बिरोध जुलुस र कोण शभा सम्पन्न भएको छ । खर्बाङ बजार तथा छिमेकी गाबिसका सर्बसाधारण कोण सभा सहभागि रहको आन्दोलन परिचालन कमिटी गलकोटका सदस्य पत्रकार बीरबहादुर चोखालने जानकारी दिनुभयो ।


उक्त सभामा बोल्ने बक्ताले कुनै पनि हालतमा बाग्लुङ जिल्ला टुक्रिन नदिने बताएका थिए । निर्णायक आन्दोलनको तैयारी स्वरुप आयोजित कार्यक्रमका बक्ताले सबै जिल्लाबासी एक भयर आन्दोलनमा होमिन तयार रहेको बताएका थिए । बुर्तिबाङको डेलिकेसन टोलीको चाहना अनुसार जिल्ला बिभाजन गर्नै परे पनि दगातुमडाडा र आसपासका गाबिस प्रदेश न ४ मा रहनुपर्ने भाग गरेका थिए । उक्त कार्यक्रमको संचालन रेडियो सारथी खर्बाङका प्रबन्ध निर्देशक बिष्णु भुषालको संचालनमा सम्पन्न भएको थियो ।

भोली गलकोटको हरिचौरमा ब्यापक बिरोध पर्दशन सहितको कार्यक्रम तय गरिएको आन्दोलन परिचालन समिति सदस्य फम खत्रीले जानकारी दिए ।




Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}