
|
|
महेन्द्र केसी, पर्वत २०७२ भदौ १० । कुश्मा, बागलुङ, बेनी देखि पोखरा सम्म कुबाबे (कुश्मा–बागलुङ–बेनी) पोखरा सुरुङमार्ग सम्भाव्य अध्ययनका लागि पर्वत उद्योग बाणिज्य संघ पर्वतले जिल्लामा रहेका सरकारी निकाय तथा राजनीतिक दललाई ध्यानामकर्षण गराएको छ ।
देश संघियतामा जाँदा पोखरा संघिय राज्यको केन्द्र हुने र उक्त क्षेत्रसँग कुबाबेलाई जोड्न सकिएमा पर्यटकीय क्षेत्रका रुपमा विकशित हुदै गएको धौलागिरी क्षेत्र पर्यटकीय र आर्थिक क्षेत्रमा उन्मसुख हुने भन्दै उवासंघ पर्वतले सम्भाव्यता अध्ययनको लागि जिल्लामा रहेका सवै सरकारी तथा राजनीतिक दललाई सहयोग गर्नको लागि आग्रह गरेको हो ।
कुबाबे पोखरा सुरुङमार्ग निर्माण गर्न सकिए धौलागिरीमा रहेको व्यापार व्यवसायले फष्टाउन सक्ने उवासंघको ठहर छ । सुरुङमार्ग निर्माण गर्न सकिएमा छोटोमार्गबाट प्रस्ताविक प्रदेशको केन्द्रमा पुग्न सकिने, राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार पर्वद्धन मात्र होइन, ढुवानी र समयको समेत बचत हुने , आर्थिक रुपमा धौलागिरीनै संमृद्धि बन्ने, पूर्व पश्चिम राजमार्गको दुरी समेत छोटिने ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य समेत अघि बढिरहेकाले त्यहाँ संचालित पर्यटकीय व्यवसायहरु जस्तै प्याराग्लाइडिङ अन्यत्र सार्ने विषयमा समेत अध्ययन भइरहेकाले त्यस्ता सबैखाले व्यावसायहरु पर्वत भित्र्याउन सहज हुने , कुश्मादेखि पोखरसम्म हाल ५८ कि.मि. रहेको र सुरुङ मार्ग निर्माण भएपछि २५ देखि ३० कि.मि.को दुरीमा पुग्न सकिने अनुमान गरिएकोले समय र ढुवानीका हिसावले समेत सर्वसाधारणलाई यथेष्ट फाइदा पुग्ने, पोखरा उपत्यका र कुबाबे उपत्यकालाई जोड्दा राज्यको विकासको पहुँच छिटो भन्दा छिटो सर्वसाधारणमा पुग्ने भएकाले , पोखरामा दिनहुँ भित्रिने हजारौं पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले , भारत र चीनको व्यापारिक रुटको रुपमा काम भइरहेको कालीगण्डकी हाइवे तथा कालीगण्डकी करीडोरसँग सिधा सम्पर्क राख्न सकिने भएकाले ।, धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राको लागि पर्यटकहरुलाई भित्रयाउन सहज हुने भएकाले , धार्मिक हिसावले समेत महत्व बोकेका सेती–कालीका विषयमा समेत थप अध्ययन गर्न र योजना बनाउन सहज हुने भएकाले , प्रदेश नं. ४ को मुख्य पेशाको रुपमा रहेको पर्यटनलाई फलदायी बनाउने लगाएतका फाइदाका हुने भएकाले सम्भावित सुरुङमार्ग अध्ययनको लागि उवासंघले सवैलाई सहयोग गर्नको लागि अनुरोध गरेको छ ।
Source: ebaglung.com

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
