
|
|
बागलुङ २०७२ भदौ ११ । बागलुङ जिल्लालाई टुक्राएको बिरोधमा बागलुङ जिल्लावासी जीवनमरणको लडाईँमा उत्रिएको मौकामा पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रदेशहरुको सीमाँकन गर्दा बागलुङ र रुकुन जिल्ला टुक्राउनु पर्ने आवश्यकता नदेखेको बताएका छन् ।

नेकपा एमालेले आफना पार्टी कार्यकर्ताहरुलाई साम्प्रदायिक सद्भाव विगार्ने विरोध कार्यक्रममा सहभागी भए ठाउँको ठाउँमै कार्वाही गर्ने ११ बँुदे निर्देशन जारी गरेर परोक्षरुपमा बागलुङ जिल्ला टुक्राएको विरोधमा हुने कार्यक्रमहरुमा सरीक नहुन दिएको आदेशबाट हिच्किचाएका केहि एमाले कार्यकर्ताहरुलाई बरिष्ठ नेता खनालको यो अभिव्यक्तिले बागलुङ जिल्ला अखण्ड राख्ने आन्दोलनमा प्रेरणा मिलेको छ ।
संविधान सभाको बैठकमा भएको छलफलमा भाग लिदै एमाले नेता खनालले बागलुङ र रुकुम जिल्लालाई विभाजन गर्नुपर्ने आफुले कुनै अर्थ नदेखेको बताए । उनले बागलुङ र रुकुम जिल्लावासीपनि अलग हुन नचाहेको स्पष्ट पारे ।
पार्टीका शीर्ष नेताहरु भन्छन् बागलुङ जिल्लालाई टुक्राउन हुन्न तर टुक्रायो कस्ले त ? त्यो किन कसैले भन्दैनन् ?

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
