Home » » एक वर्षमा बेनी नगरपालिकाले कुनकुन १६६ योजना सम्पन्न ग-यो ?

एक वर्षमा बेनी नगरपालिकाले कुनकुन १६६ योजना सम्पन्न ग-यो ?

बजेट खर्च गर्दैमा बिकास हुदैन, खर्च अनुसारको परिमाण चाहिन्छ-प्रजिअ पाठक टुक्रे योजना बनाएर चारो झै बजेट बिवतरण गरेको सहभागीको आरोप !

सन्तोष गौतम, म्याग्दी २०७ भदौ । म्याग्दीको बेनी नगरपालिका कार्यालयले गत आर्थिक वर्ष २०७१/७२ मा १६६ वटा विकास योजना तथा कार्यक्रमहरु सम्पन्न गरेको छ ।

नगरपालिका कार्यालयले बुधबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा १७८ वटा योजना तथा कार्यक्रम सञ्चालन भएकोमा १२ वटा बाहेक सबै सम्पन्न भएको जानकारी गराइएको हो ।

नगरपालीकाले बालबालिका सम्बन्धि ३१, महिला लक्षित ४९, अन्य लक्षित २९ र कृषि सम्बन्धि ३३ वटा कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी २१ वटा सामाजिक तथा आर्थिक पुर्वाधार र १५ वटा प्रवद्र्धनात्मक योजनाहरु रहेका थिए ।

पुजीगततर्फ एक करोड ६१ लाख ४० हजार ९८८ रुपैया बिनियोजन भएकोमा एक करोड ५२ लाख ७६ हजार ४५६ रुपैया खर्च भएको कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

गत वर्ष नगरपालिका मार्फत ७ किलोमिटर सडक स्तरवृद्धी, ६०० मिटर सडक नाली, एक वटा कल्भर्ट र तिन किलोमिटर सडकको नयाँ ट्याक खोलिएको जनाइएको छ । यसैगरी एक वटा सार्वजनिक शौचालय निर्माण, ९० वटा आकाशे पानी संकलन ड्रम वितरण, ७ वटा खानेपानी योजना र दुई वटा सार्वजनिक धारा निर्माण भएको छ ।

९० वटा सुधारिएको चूल्हो निर्माण, एक वटा विद्यालय भवन निर्माण, एक वटा वर्थिङ सेन्टर स्थापना, एक वटा नागरिक सचेतना भवन निर्माण, तिन किलोमिटर ग्रामिण विद्युतीकरण विस्तार भएको कार्यक्रममा जानकारी गराइएको थियो । यसै वर्ष बेनी नगरपालिकाले दमकल पनि खरिद गरेको छ ।

समिक्षा कार्यक्रममा कार्यकारी अधिकृत पौडेलले नगरपालीकाको र कदम म्याग्दीका संयोजक मुक्ति ढुंगानाले सामाजिक परिचालनतर्फको प्रगति विवरण प्रस्तुत गरेका थिए । विषयगत कार्यालय, वडा नागरीक मञ्च, नागरीक सचेतना केन्द्र र विभिन्न राजनितिक दलका प्रतिनिधिहरुबीच समिक्षा गरेका थिए ।

सहभागिहरुले कतिपय योजना कागजमा सम्पन्न भएको उल्लेख भएपनि ब्यवहारमा त्यस्तो हुन नसकेको, टुक्रे योजना बनाएर चारो झै बजेट बिवतरण भएकाले उपलब्धि नदेखिएको, सर्वसाधारणहरुलाई नगरपालीकाको सेवा सुबिधा, प्रक्रिया र जिम्मेवारीको बारेमा जानकारी हुन नसकेको लगायतका विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बजेट खर्च गर्दैमा बिकास नहुने भएकाले खर्च अनुसारको परिमाण, लागत, गुणस्तर र समयमा योजना सम्पन्न गरि उपलब्धि देखिने किसीमको हुनुपर्ने बताएका थिए ।

स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले नगरपालिकाको समानुपातिक विकासमा जोड दिदै नागरिकले पनि चासो र सहभागिता बढाउनुपर्ने बताए । उनले म्याग्दीको विकासमा महिलाको सहभागिता बढाउन आवश्यक रहेको बताउँदै जिविस, नगरपालिकामा बिवाद होईन, विकास गर्ने बिचार ल्याएर आउनुपर्ने बताएका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}