
|
|
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा जिप्रकामा भएको विभिन्न राजनीतिक दल, संघसंस्था तथा पत्रकारसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
म कुनै पनि राजनीतिक पार्टीको आडमा कुनै पनि अपराधीलाई छोड्ने छैन, नेपाल प्रहरीको नीति पीडितलाई न्याय र पीडकलाई कानून बमोजिम कार्वाहीको दायरामा ल्याउनु हो । यदि मेरो पार्टी छ भने त्यो मेरो नेपाल प्रहरी हो, प्रहरी प्रधान कार्यालय मेरो पार्टी कार्यालय हो र नेपाल प्रहरीका आइजीपी मेरो पार्टीका प्रमुख हुन त्यसैले म मेरो पार्टीको नीति र सिद्धान्त बाहिर जान सक्दिन उनले भनिन् ।
उनले राजनीतिक दलहरुलाई आफुले देशको झण्डा ओडी सकेका कारण अब अर्को झण्डा ओडाउने कोसिस नगर्न समेत आग्रह गरिन । देशको शान्ति सुरक्षाको लागि आफु कुनै पनि स्थानमा जानको लागि तयार भएको भन्दै यसमा आफुलाई कुनै पनि समस्या नहुने बताईन् ।
उनले कुनै पनि राजनीतिक दलको आशीर्वाद वा निगहाको भरमा नआएकोे बताइन् । यदि राजनीतिक दलको आडमा कुनै पनि व्यक्तिले कानूनको विपरित कार्य गर्छ, समाजमा अशान्ति, सदभाव विगार्ने काम गर्छ भने त्यस्तो व्यक्तिलाई कुनै पनि हालतमा नछाड्ने उनको भनाई थियो् ।
कुनै पनि राजनीतिक दलले दिएको बर्दी हैन यो, मेरो लगनशिलता र मेहनतले पाएको हो, राजनीतिक दलका आडमा कसैले अपराध गरेर उम्कन सक्छु भन्ने सोचेको छ भने दिमागबाट ती कुरा निकाले हुन्छ मेरो लागि जिल्लाको शान्ति सु्रक्षा तथा सुशासन कायम गर्नुनै मेरो धर्म हो त्यसैले मेरो शरीरमा बर्दी रह्ुन्जेलसम्म कुनै पनि व्यक्ति ठूलो र सानो नहुने र समानरुपमा हेरेको समेत बताईन् ।
उनले पर्वत जिल्लामा आउँदा कसैको निगाहले नआएको र आफ्नै प्रहरी संगठनले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि खटाएको भन्दै कसैले सरुवा गर्छकी भन्ने चिन्ता नराखी अपराधीलाई दण्डीत र पीडितलाई न्याय दिनका लागि परिणममुखी ढंगले काम गर्ने प्रतिवद्धता ब्यक्त गरिन ।
जिल्लाकोे भौगोलिक हिसावका कारण अझै पनि गाउँगाउँमा प्रहरी पुग्न नसकेका कारण सकेसम्म दुरदराजका गाउँमा नागरिक समाजसँग सञ्जाल निर्माण गरी विनावर्दीका प्रहरी तयार गर्नेे र जिल्लाको शान्ति सुरक्षालाई शशक्त बनाउने जानकारी दिईन ।
समाजमा भएका घरेलु हिंसा, महिला हिंसा, हरेक प्रकृतिका अपराध, मदिरा, लागु औषध, चोरी लगायतको नियन्त्रणमा सबै नागरिक तथा सर्वसाधारणका तर्फबाट सकारात्मक सहयोग र सहकार्य आवश्यक भएको प्रनाउ पन्तको भनाई थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलहरु, संघसंस्थाका प्रतिनिधी एवं संचारकर्मीहरुले प्रहरी कामका बारेमा सुझाव तथा धारणा ब्यक्त गरेका थिए । धारणा राख्ने अधिकांशले समाजमा मदिरा तथा लागु औषध सेवनका कारण सबैभन्दा बढि अपराधका घटनाहरु निम्ताएको भन्दै यस्को नियन्त्रणमा प्रहरीको सक्रिय भुमिका हुनुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रमको संचालन प्रहरी निरीक्षक सुन्जित तामाङले गरेका थिए ।
यसैवीच प्रहरी नायब उपरीक्षक पन्त आइसकेपछि घरेलु हिंसाका पीडितहरुलाई प्रहरी कर्मचारीले नै उजुरी लेखिदिने कामको शुरुवात भैसकेको छ । त्यसैगरी तात्काल शुरु गरिएका कामहरुमा सरकारी चालकहरुलाई अनुशिक्षण, यस जिल्लाबाट राहदानी लिनेहरुका लागि अनुशिक्षण, प्रहरी कर्मचारीहरुका लागि प्रहरी आचरण र ब्यवहार, पिडित महिला तथा वालवालिकालाई सहयोग सम्वन्धी कार्य संचालन कार्यविधी २०७०, अपराध अनुसन्धान निर्देशिका २०७१ का सम्वन्धमा नियमित अनुशिक्षण प्रदानका कार्य शुरु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखका रुपमा पहिलो महिला प्रमुख पन्त नै हुन ।
तस्बीर सौजन्य : जिल्ला प्रहरी कार्यालय, पर्वत

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

