
|
|
गत असार ८ गते मुक्तिनाथबाट भारतीय नागरिक नागेला चेन्ना राय र उनका साथीहरु लक्ष्मी नारायण सहित ४ जना दामोदर कुण्डको लागि पैदल यात्रामा गएको र गत असार १० गते जिल्लाको सुर्खाङ गाविस स्थित यारा भन्ने ठाउँमा पुग्दा ३५ वर्षिय भारतीय नागरिक नागेला अचानक बिरामी भई दामोदर कुण्डमा जान नसकेकोले निजका साथीहरुले नागेलालाई सोही स्थानमा छाडी दामोदर कुण्ड तर्फ गई फर्की आउँदा उनी उक्त स्थानमा नभएको बताईको छ ।
हालसम्म पनि निज नागेला घर तथा आफन्तको सम्पर्कमा नआएको भनि गत आषाढ २२ गतेको एस.एन पुरम प्रहरी स्टेशन, विजया वडा सिटी, आन्ध्र प्रदेश स्टेट इन्डियामा निवेदन दर्ता भएको व्यहोरा सहितको पत्र जिल्ला प्रहरी कार्यालय जोमसोमको नाममा लेखिएको पत्र र पर्यटन प्रहरी उपशाखा जोमसोम मुस्ताङमा समेत गत साउन २४ गते खोजतलासको लागि निवेदन प्राप्त भएको थियो ।
निज नगेला चेन्ना राय संगसंगै आएका लक्ष्मी नारायण शर्मा सहितका तीन जना मध्ये एकजना लक्ष्मी नारायण शर्मालाई जिल्ला प्रहरी कार्यालय जोमसोममा ल्याई सोधपुछ गरी भारत आन्ध्र प्रदेश विजया वडा नं. ११ वस्ने कृष्ण प्रसाद ब्रामेन्डको जिम्मा लगाई अन्य दुई जना सुव्रानी, रामभद्र शर्मा र लक्ष्मी नारायण शर्मा समेतलाई लिई आउने गरी छाडिदिएको र प्रहरी चौकी सुर्खाङ तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खोजतलास भैरहेको प्रहरी नायव उपरिक्षक अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।
हराएका व्यक्ति गहँुगोरो वर्णको, दाह्री जुङ्गा पालेको, कालो लामो कपाल भएको, रुद्राक्षको माला लगाएको, निधारमा चन्दको सेतो टिका लगाएको, दाहिने हातको काहिंली औंलामा औंठी लगाएको, सेतो वस्त्र लगाएको, ५ फिट ८ इन्च उचाई भएको र वर्ष ३५ का नागेला चेन्ना राय नाम गरेका भारतिय नागरिक हुन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

