|
|
अहिलेको जिल्ला टुक्राउने खेल बागलुङ विकट क्षेत्रलाई सम्पन्नशाली बनाउने हेतुले होईन् केबल त्यहाँको सम्पत्ती माथी गिद्धे नजर लगाईएको हो भन्ने बुझ्नु पहिलो जरुरी कुरा हो । वर्षौ वर्ष भोगेको दुःख र कठिन संघर्ष पछि बुर्तिबाङमा इलाका प्रशासन कार्यालय स्थापना भएको छ, मालपोतको शाखा छ अन्य सरकारी कार्यालय पनि त्यहाँका जनतालाई सम्बोधन गर्न जरुरी छ भन्ने बुझ्न थालेका छन् ।
प्रशासनिक कठिनाई बिस्तारै सुल्झिदै जाने क्रममा रहेको बेला फेरी जिल्ला टुक्राएर अर्को दुःख खेप्ने मानसिकता सायदै त्यहाँको जनतामा छैन । क्षेत्र नम्बर ३ का केही नेताको जिल्लामा स्थापित हुन नसकेको अथवा नदिईएको प्रतिशोध जिल्ला सदरमुकामसंग पहिले देखि नै छ त्यहाँका साधारण जनताले नबुझे पनि हामीले स्पष्ट बुझेका छौं । जिल्लामा स्थापित हुन नसेको वा नदिईएको प्रतिशोधलाई लिएर अहिले जिल्ला टुक्राउने कुरामा खुशी मनाउनु उनीहरु आफ्नै लागि पनि बेकुफी हो भन्ने कुरा उनीहरुले पनि बुझ्न जरुरी छ ।
बागलुङ बुर्तिबाङ आसपासका जनतालाई पनि दाङ सुर्खेत पायक पर्ने ठाउँ अवश्य होईन । तर त्यहाँ राष्ट्रिय राजनीतिमा केही प्रभावशाली देखिएका नेताहरुको आँखा केवल बागलुङको ढोरपाटनमा छ जो नेपालकै एकमात्र शिकार आरक्ष हो । जहाँ हजार मेगावाट बढि विजुली निकाल्न सक्ने क्षमता राख्ने जलस्रोत छ त्यही माथीको गिद्धे दृष्टिले जिल्ला टुक्रिने खेल शुरु भएको हो भन्ने कुरा बुझ्न कुनै कठिन छैन । जिल्ला सदरमुकाम र जिल्ला नेतृत्वसंग यो वा त्यो बहानामा प्रतिशोध पालेकाहरुका लागि पल्लोपट्टीबाट ‘गोल्डेन अफर’ आएको पनि हुनसक्छ । तर आमाको गाली सहन नसकेर लात हानी सौतेलो आमाको पछि लाग्ने भूल नगरौं कुनै न कुनै दिन सौतेलो व्यवहार देखिन्छ नै देखिन्छ …………
गाउँ घर तिर एउटा उखान प्रचलनमा छ ’सौताको रिसले पोइको काखमा पिसाब गर्ने’ भने जस्तै नगरौ … अस्तु ।
अखण्ड बागलुङ प्रतिको अभिमत
संगम संगिन
भौगोलिक विकटता र जिल्ला सदरमुकाम स्थापना गर्दाका राजनीतिक तथा प्रशासनिक अदुदर्शिताले गर्दा बागलुङ क्षेत्र नम्बर ३ का जनताले कैयौं दुःख खेप्नु परेको घाम जुन झै छर्लङ्ग छ । सिङ्गै जिल्लाको दुई तिहाई बढि भूगोल ओगटेको क्षेत्र नम्बर तीन पहिलो कुरा त भूगोलबाटै ठगिएको छ । त्यसैमाथी घोडाबाँधेको धुरीबाट पश्चिमका ठाउँलाई बागलुङ नसम्झिने राजनीतिक नेतृत्वले गर्दा पाउनु दुःख पायौं । तर यी तमाम पीडाका बाबजुद पनि हाम्रा थुप्रै सहअस्तित्व छन् । हामी संगै हुनुमा थुप्रै पहिचान छन् र त्यसले हामीलाई गौरव गर्ने ठाउँ दिएको छ । हामी एक आपसबाट छुट्टिदा हाम्रा थुप्रै चिजहरुमाथी अरु कसैले राज गर्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।
अहिलेको जिल्ला टुक्राउने खेल बागलुङ विकट क्षेत्रलाई सम्पन्नशाली बनाउने हेतुले होईन् केबल त्यहाँको सम्पत्ती माथी गिद्धे नजर लगाईएको हो भन्ने बुझ्नु पहिलो जरुरी कुरा हो । वर्षौ वर्ष भोगेको दुःख र कठिन संघर्ष पछि बुर्तिबाङमा इलाका प्रशासन कार्यालय स्थापना भएको छ, मालपोतको शाखा छ अन्य सरकारी कार्यालय पनि त्यहाँका जनतालाई सम्बोधन गर्न जरुरी छ भन्ने बुझ्न थालेका छन् ।
प्रशासनिक कठिनाई बिस्तारै सुल्झिदै जाने क्रममा रहेको बेला फेरी जिल्ला टुक्राएर अर्को दुःख खेप्ने मानसिकता सायदै त्यहाँको जनतामा छैन । क्षेत्र नम्बर ३ का केही नेताको जिल्लामा स्थापित हुन नसकेको अथवा नदिईएको प्रतिशोध जिल्ला सदरमुकामसंग पहिले देखि नै छ त्यहाँका साधारण जनताले नबुझे पनि हामीले स्पष्ट बुझेका छौं । जिल्लामा स्थापित हुन नसेको वा नदिईएको प्रतिशोधलाई लिएर अहिले जिल्ला टुक्राउने कुरामा खुशी मनाउनु उनीहरु आफ्नै लागि पनि बेकुफी हो भन्ने कुरा उनीहरुले पनि बुझ्न जरुरी छ ।
बागलुङ बुर्तिबाङ आसपासका जनतालाई पनि दाङ सुर्खेत पायक पर्ने ठाउँ अवश्य होईन । तर त्यहाँ राष्ट्रिय राजनीतिमा केही प्रभावशाली देखिएका नेताहरुको आँखा केवल बागलुङको ढोरपाटनमा छ जो नेपालकै एकमात्र शिकार आरक्ष हो । जहाँ हजार मेगावाट बढि विजुली निकाल्न सक्ने क्षमता राख्ने जलस्रोत छ त्यही माथीको गिद्धे दृष्टिले जिल्ला टुक्रिने खेल शुरु भएको हो भन्ने कुरा बुझ्न कुनै कठिन छैन । जिल्ला सदरमुकाम र जिल्ला नेतृत्वसंग यो वा त्यो बहानामा प्रतिशोध पालेकाहरुका लागि पल्लोपट्टीबाट ‘गोल्डेन अफर’ आएको पनि हुनसक्छ । तर आमाको गाली सहन नसकेर लात हानी सौतेलो आमाको पछि लाग्ने भूल नगरौं कुनै न कुनै दिन सौतेलो व्यवहार देखिन्छ नै देखिन्छ …………
गाउँ घर तिर एउटा उखान प्रचलनमा छ ’सौताको रिसले पोइको काखमा पिसाब गर्ने’ भने जस्तै नगरौ … अस्तु ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |