Home » » भूकम्पले धक्का दिएका घर बचे, छाप्रा बगे

भूकम्पले धक्का दिएका घर बचे, छाप्रा बगे

भाद्र ११, २०७२- अविरल वर्षाका कारण बिहीबार राति नुवाकोटका दुई स्थानमा गएको पहिरोमा परि ६ जनाको ज्यान गएको छ । एक बालक बेपत्ता भएका छन् भने छ जना घाईते भएका छन् ।

गोस्या गाविस २ काप्रे सिरानचोकको फोरमखोल्सीमा गएको पहिरोमा परि ३६ बर्षिय सोमबहादुर तामाङ, उनकी ३५ बर्षिया श्रीमती सुकमाया तामाङ, सुन्दरबहादुर तामाङ, उनकी श्रीमती फुर्कमाया तामाङ र ११ वर्षिय केशब तामाङको मृत्यु भएको छ । ८ वर्षिय पूर्णबहादुर तामाङ पहिरोमा वेपत्ता भएका छन् ।

पहिरोले सोमबहादुर र सुन्दरबहादुर तामाङको अस्थायी घर बगाएको हो । भूकम्पले घर भत्काएपछि उनीहरु अस्थाई छाप्रोमा बस्दै आएका थिए । बस्न नहुने भनेर छोडिएका पुराना घर भने पहिरोबाट जोगिएका छन् ।

सामरी ७ को झर्लाङमा गएको अर्को पहिरोमा परि ८० बर्षिया सीताकुमारी तामाङको मृत्यु भएको छ । पहिरोमा घाईते भएका छ जनाको प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले उद्धार गरेको थियो ।

पहिरोमा चार कल्र्भट र १ झोलुङे पुल सहित सात घर बगेका छन् । स्थानीय जयबहादुर तामाङका अनुसार ७ चौपाया पनि मरेका छन् ।

पहिरोबाट जिवितै उद्दार गरिएका मध्ये सम्झना तामाङ र सुन्दरबहादुर तामाङलाई उपचारका लागि राजधानी लगिएको छ भने चार जनाको त्रिशूली अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक रिद्दिविक्रम शाहले बताए । मध्य रातमा वर्षा भएको र २ बजेको समयमा पहिरो गएको स्थानीय बुद्धिबहादुर तामाङले बताए ।

निरन्तर वर्षा भईरहँदा गाउँमा पहिरो जान थालेपछि स्थानीयहरु घर छोडेर अन्यत्र भागेका थिए ।
बिहीबार रातिदेखि निरन्तर कालो लेदो बगिरहेको छ । पहिरोले गोस्याङ २ शिरानटोलका ३६ घरपरिवार पहिरोको जोखिममा परेका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}