
|
|
काठमाडौं, भदौं १२ । संघीय सिमांकनका बेला बागलुङलाई अव्यवहारिक रुपमा टुक्राइएको विरोधमा आन्दोलन चर्किरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङवासीको माग सम्बोधन हुने बताउनुभएको छ ।
बागलुङ जिल्ला प्रदेश नम्बर चारमै बस्न चाहेको भन्दै ओलीलाई भेट्ने गएको धौलागिरिका सभाषद सहितको टोलीलाई ओलीले बागलुङ नटुक्रने आश्वासन दिनुभएको थियो ।
अखण्ड बागलुङको माग सहित केपी ओलीलाई भेट्न गएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एव. सभाषद चित्रबहादुर केसीलाई बायाँ र एमालेका प्रमुख सचेतक अग्नी खरेललाई दायाँ राखेर ओलीले भन्नुभयो– ‘आम बागलुङको माग पुरा हुन्छ, बागलुङ टुक्रदैन, संशोधन प्रस्ताव पेश मार्फत संविधानसभामा पेश भएको विधेयक सच्चाउँछौं ।’ ओलीले जिल्लावासीको माग विपरित जान नसकिने भन्दै त्यसमा ढुक्क हुन आग्रह गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
ओलीले जिल्लावासीको माग के हो भन्ने बारेमा ध्यानाकर्षण भएकाले अनुसार अगाडि बढ्ने प्रतिबद्धता सहित आन्दोलनका कार्यक्रम स्थगित गरेर जिल्लाको दैनिक गतिविधिलाई सहज बनाउनतर्फ धौलागिरिका सभाषदहरुलाई आग्रह गर्नुभएको एमाले बैकल्पिक केन्द्रीय सदस्य गोविन्दबहादुर नेपालीले बताउनुभयो ।
नेपालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न धौलागिरिका सभाषदहरु चित्रबहादुर केसी, श्रीमाया थकाली, नरबहादुर थापा, चम्पादेवी खड्का, कल्पना चापागाई, कांग्रेस नेता मञ्जेसबम मल्ल, एमाओवादीका प्रकाश घर्ती लगायतका नेताहरुको टोली सिंहदरवार स्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका थिए ।
यस्तै टोलीले एमालेका बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव नेपाललाई पनि भेटेको छ । भेटमा नेपालले बागलुङ जिल्लालाई टुक्राउँनुपर्ने कुनै आधार नभएको भन्दै बागलुङ एक हुनुपर्नेमा जोड दिनुभएको थियो । भेटमा नेपालले ‘बागलुङ जिल्ला अखण्ड राख्ने कि टुक्राउने भन्ने विवाद्नै भएको ठाउँलाई टुक्राइनु दुःखद् कुरा हो, बागलुङ एक हुनुपर्छ ।‘

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

