
|
|
सुन्दैमा अचम्म लाग्छ । यो दुनियामा यस्ता गाउँहरु पनि छन् जहाँ पुरुषहरुलाई छिर्ने अनुमति नै छैन । गाउँमा जो छन्, महिलाहरु मात्र छन्, महिलाहरुकै राज्य छ ।
हो, केन्याको उमोजा गाउँ दुनियाको एउटा यस्तो विचित्र गाउँ हो जहाँ पुरुषलाई छिर्न प्रतिबन्ध लगाइएको छ ।
उमोजा त्यो गाउँ हो जुन सन् १९९० मा १५ जना महिलाले स्थापना गरेका थिए । उक्त गाउँ बसाल्ने ती महिलाहरु वास्तवमा बेलायती सेनाद्धारा बलात्कृत युवतीहरु थिए ।
अहिले यो गाउँ त्यस्तै पीडित महिलाहरुको सामुहिक बसोबास हुने गाउँ बनेको छ । त्यहाँ बस्ने महिलाहरु यस्तै कुनै न कुनै प्रताडना तथा हिंसाबाट पीडित छन् अनि नयाँ पीडित महिलाहरु यो गाउँमा बस्न आउने गर्छन् । बाल विवाह, खतना प्रथा, बलात्कार तथा अन्य खाले यौनहिंसाबाट आफ्नो घर छाडेका युवती तथा महिलाहरु यो गाउँमा बस्न आउँछन् ।
पुरुषरहित यो गाउँका बासिन्दा महिलाहरु आफ्नो जिविकोपार्जनका लागि घरेलु तथा कुटीर उद्योगमा निर्भर छन् । गाउँमा महिलाहरुका झण्डै २ सय जना बच्चाबच्ची पनि छन् । जसका लागि स्कुलको पनि व्यवस्था गरिएको छ ।
गाउँकी सबैभन्दा पाकी सदस्य सिएटा लेनगिमाको उमेर ६८ वर्षको छ । यो गाउँका बासिन्दा सबै महिलाहरु जिवनमा कुनै न कुनै पीडा भोगेका महिला हुन् । तर पछिल्लो समयमा भने उनीहरुले पीडा भुलेर सामान्य जिवन जिउने प्रयास गरिरहेका छन् । पुरुषहरुप्रति उनीहरुको मनमा पलाएको घृणा भने हराउन सकेको छैन । त्यसैले गाउँमा पुरुषहरुको प्रवेश निषेध गरेका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

