
|
|
संबिधानसभाले निर्माण गरेको नेपालको नयाँ संबिधान २०७२ जारी भएको खुसीयालीमा म्याग्दीमा स्वागत गरिएको छ । सभाषद्हरुले हस्ताक्षर र सभामुखले प्रमाणीत गर्नुभएको संबिधानलाई राष्ट्रपतिले सार्वजनिक गर्नुभएपछि आफ्नै हातले संबिधान लेख्ने चाहना पुरा भएको भन्दै सर्वसाधारणले खुसीयाली मनाएका हुन् । म्याग्दीको सदरमुकाम बेनी तथा गाउँ गाउँमा राजनितिक दल, संघ संस्था र सर्वसाधारणहरुले दिपावली गरेर संबिधानको स्वागत गरेका छन् । संबिधान जारी भएको खुसीयालीमा पर्वत बेनीका बासिन्दाहरुले नेपालको नक्सा बनाएरमा त्यसैमा दिपावली गरेका छन् ।पर्वत उद्योग वाणिज्य संघ अन्तरगतको मल्लाज उपशाखा, कालीगण्डकी आमा समूह, वारीबेनी बजार संरक्षण तथा ब्यवस्थापन समिति र उत्साही समूहको आयोजनामा बसपार्कमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिएको हो ।
यसैगरी म्याग्दी जेसीजले संगमचोकमा नेपालको नक्सा र राष्ट्रिय झण्डाको चित्र बनाएर संबिधानको स्वागत गरेको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बेनी बजारमा मोटरसाईकल ¥याली गरेर खुसीयाली मनाएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुले क्याम्पसचोकमा सडकमा नेपालको नक्सा र राष्ट्रिय झण्डाको चित्र बनाएर संबिधानलाई स्वागत गरेको छ । उत्तरी क्षेत्र घारका राजनितिक दल र स्थानीयबासीले घारको कोतघरमा दिपावली गरेर संबिधानलाई स्वागत गरेका एकिकृत माओवादीका स्थानीय नेता फौदबहादुर बरुवालले जानकारी दिनुभयो ।
यसैगरी बेनी आवाशिय माविका विद्यार्थी र न्युरोडका बासिन्दाहरुले आफ्नो विद्यालय तथा टोल अगाडी नेपालको नक्सा बनाएर संबिधानको स्वागत गरेका छन् । संबिधान जारी भएपछि सात दशकदेखिको आफ्नो संबिधान आफै बनाउने चाहना पुरा भएको भन्दै सर्वसाधारणहरु उत्साहीत भएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र नागरीक समाज म्याग्दीले आईतबार एक प्रेस विज्ञप्ती प्रकाशन गरेर नयाँ संबिधानको स्वागत गरेका छन् । उनिहरुले संबिधानको कार्यान्वयनका लागि असन्तुष्ट दल र समुदायलाई वार्ताको माध्यमबाट सहमतीमा ल्याउन र उनिहरुको सकारात्मक मागलाई सम्बोधनको पहल गर्न राजनितिक नेतृत्वसंग आग्रह गरेका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

