Home » » बाख्रा मा भबिश्य खोज्दै बागलुङ का युवा.

बाख्रा मा भबिश्य खोज्दै बागलुङ का युवा.

नारायण स्थान ७ बलेवा बाग्लुङ का युवा हरिराम सिग्देल को दिन चरिया अहिले बाख्रा को स्याहारसुसार गर्दै मा बित्छ lबाग्लुङ कुस्मिसेरा सडक खण्ड अन्तर्गत पर्ने छोरखेत मा sgs goat farm को नाम मा संचालित उक्त फर्म मा ३० खरी माउ छन। अहिले बोयर जात को ५०% बोका बाट परजनन गरियको छ ।करिब १५० क्षमता को आधुनिक खोर रहेको उक्त फर्म अहिले करिब १७ रोपनी मा नेपियर co4, स्टाइलो, बदामे,किम्बु, मुलाटो,इपिल इपिल गरि १० भन्दा बढी जातका उन्नत घाँस को खेती गरिएको छ l घाँस को वृद्धि थप ८५ रोपनी संगै बाख्रा को संख्या पनि बढाउने उनले बताए । वजारमा मासुजन्य पदार्थको माग

दिनदिनै बढ्नुका साथै देश भित्रको उत्पादनले वजार धान्न नसकेपछि करिब १५ अर्वको हाराहारी बर्षेनी विदेशबाट मासु आपुर्ति हुने गरेको छ । उत्पादनशील युवा जनशक्ति विदेश पलायन हुने क्रमपनि त्यत्तिकै मात्रामा बढिरहेको छ । देशमा
भईरहेको मासुजन्य पदार्थको मागलाईकेही सहयोग होस् र यूवावर्गलाई समेत हौसला प्रदान गर्न सकियोस भन्ने मुल
ध्येयले सञ्चालन गरिएको कुरा eनेपाल खबर सम्बादातालाई बताए ।बाख्रा सगै लोकल कुखुरा पालन को पनि योजना रहेकोे छ । २०७५ साल बाट वार्षिक १०० खसी बोका उत्पादन गर्ने लक्ष्य फर्म को रहेको छ ।मिडिया मा सरकारि सहयोग र अनुदान का कुरा चलीरहदा आफू ले भने तेस्तो कुनै सहयोग सरकारि तबर बाट नपाएको गुनासो गरे ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}