Home » » दलितको पेशामा गैरदलित आर्कषित

दलितको पेशामा गैरदलित आर्कषित

साजन परियार,फलेवास
भद्रौ–पुख्यौली पेशावाट जीविका चलाउँदै आएका पर्वतका दलित समुदायका व्यक्तिहरुको पेशा सङकटमा पर्ने थालेको छ । दलितहरुले गदै आएको पुख्याली पेशामा गैर दलित समुदायको प्रवेश भएपछि प्रतिस्पर्धा गर्न नसक्दा दलित समुदायको पेशा सङकटमा परेको हो । गैरदलित समुदाय आर्थिक रुपमा सक्षम भएका कारण दलितले प्रतिस्पर्धा गर्न नसकेको कुश्मा बजारमा सिलाई व्यवसाय गदै आएका दलित समुदायको स्थानियवासी बताउँछन । गैर दलित समुदायको सवैभन्दा बढि आकर्षण सिलाई कार्यमा रहेको उनीहरुको भनाई छ । 

दलित समुदायको परम्परागत पेशामा अतिक्रमण भएकाले दलितले कसरी जीविका चलाउने भन्ने सवाल उत्पन्न भएको छ । आत्मनिर्भर बनाउने भन्दै घरेलु तथा साना उद्योग कार्यालय ,सिप विकास तालिम केन्द् र गैससले पुख्यौली पेसा भएका दलितको पेसालाई आधुनिकी करण गर्नुको बदला अन्य समुदायको सीप सिकाएर दलितको रोजिरोटी खोसेको आरोप दलित समुदायले आरोप लगाएको छ । दमाई समुदायको सिलाईको कार्यबाहेक सार्कीको जुत्ता सिलाउने ,वादीको माटो भाँडाकुँडा बनाउने काम समेत सङकटमा परेका छ । दमाई समुदायकाले शुभकार्यमा बजाउँदै आएको बाजा बजाउने कार्यसमेत अतिक्रमणको चपेटामा परेको छ ।पेसाको अतिक्रमण सँगै संस्कृतिसँग जोडिएका छलिया हुड्के नृत्यसमेत लोप हुने अवस्थामा पुगेको छ । विभिन्न स्वदेशी तथा विदेशी उत्पादनका विम्डी ,चुरोटका कारण वादी समुदायले बनाउँदै आएको माटोेका सूल्पा ,हुक्का विस्थापनमा परेपछि उनीहरुको पेशाा खोसिएको बताइएको छ । पेसा विमुख भएपछि वादी समुदायसग मागेर खानु सिवाय कुनै विकल्प वाँकी नरहेको पम्फे दमाई बताउनुहुन्छ । सरकाले सीप भएका दलितलाई पलायन हुनवाट रोक्न सरकारी योजना ल्याइनुपर्ने उहाँको कथन छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}