Home » » अपाङ्गता भएपनि उनलाई पढाईले छेकेन: वामी ९ छुर्किनमा रहेका कुमाल समुदायबाट सवैभन्दा बढी पढ्ने व्यक्ति

अपाङ्गता भएपनि उनलाई पढाईले छेकेन: वामी ९ छुर्किनमा रहेका कुमाल समुदायबाट सवैभन्दा बढी पढ्ने व्यक्ति

सवेरै ४ बजे उठेर हातमुख धोएर ड्रेस लगाएर उनी सिगांरपटार सक्छन् । अनी साढे ४ बजे नै क्याम्पस हिँड्छन् विहान साढे ६ बजेको कक्षा भेट्न । सामान्य व्यक्तिलाई पौने घण्डा लाग्ने बाटोमा हिँड्न उनलाई झण्डै २ घण्टा लाग्छ,कारण हो शारीरिक अपाङ्गता ।

गुल्मीको वामी ९ छुर्किनको कुमाल समुदायमा जन्मिएका डिल बहादुर राना अहिले २६ वर्षका भए । रुद्रावति बहुमुखी क्याम्पस वामीमा वि.एड.दोस्रो वर्षमा अध्ययनरत उनका हात खुट्टाले राम्रो सगं काम गर्दैनन भने शरिर पनि राम्रो सगं चलाउन गाह्रो पर्छ । क्याम्पसबाट झण्डै पौने घण्टा टाढा छुर्किन भन्ने स्थानमा बस्ने उनी २ घण्टा लगाएर क्याम्पस पुग्छन् ।एक त कमजोर पारिवारिक अवस्थामा जन्मिएका उनलाई शारिरीक रुपमा अपाङ्गता भएपछि झनै चुनौती थपिएको छ ।

२०६४ सालमा एस.एल.सी परीक्षा उत्तिर्ण गरेका उनले महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामीबाट उच्च मा.वि सम्मको पढाई सकाए । त्यसपछि परिवारको आर्थिक अवस्थाले उनलाई पढ्ने मन हुँदा हुँदै पनि झण्डै २ वर्ष पढाई रोक्नुपर्यो ।शारिरीक रुपमा अपाङ्गता भएपनि हिक्मत भएका उनी १२ सम्मको पढाई सकेपछि आफन्तको सहयोगमा काठमाण्डौमा पुगे ।एक त काठमाण्डौमा नयाँ मान्छे त्यसमाथी पनि अपाङ्गता भनेपछि उनलाई त्यहाँ काम पाईन गाह्रै पर्यो ।बल्लतल्ल बनेपामा रहेको सान फर्निचरमा उनले लेखापडीको काम पाए ।करीब ५ महिना उक्त फर्निचरमा काम गरे ।तर आर्थिक अभावमा पिछडिएका उनलाई झनै त्यसमाथी पन शारिरीक अपाङ्गता भएपछि त्यहाँपनि बसेर काम गर्ने र पढ्ने वातावरण मिलेन ।अनि पुनः फर्किए गाउँमा । कक्षा ११ र १२ त निशुल्क रुपमा पढेका उनलाई त्यसमाथीको अध्ययन गर्न सहयोग गर्ने सघं संस्था र व्यक्तिहरु कोही थिएनन् । नत आफुनै केही गर्न सक्थे ।सर्टिफिकेट निकाल्ने पैसा समेत नभएर विद्यालय मै रोकियो निकाल्न घरमा पैसा माग्दा आफै कमाएर निकाल्न भन्नुभयो भावुक हुँदै उनले भने त्यसबेला सम्म कुनै पनि ठाउँबाट सहयोग प्राप्त भएन ।

वामी ९ छुर्किनमा रहेका कुमाल समुदायबाट सबैभन्दा धेरै पढ्ने व्यक्ति समेत रहेका उनले कसैको सहयोग पाएमा डिग्री पास गर्ने योजना रहेका बताउँछन् ।पढेर शिक्षित भएपछि सपाङ्गले गर्ने काम गरेर देखाउँछु उनी भन्छन् जातियताको हिसाबले पछाडी परेको अल्पसंख्यक कुमाल समुदायलाई शिक्षित बनाउनु पनि मेरो दायित्व थपिएको छ ।उच्च शिक्षा उत्तिर्ण गरेका उनले अहिले भने नेपाली काँग्रेसका सभासद चन्द्र भण्डारीको सहयोगमा अध्ययन गर्दै आएका छन् ।भने विद्यालयले पनि धेरथोर सहयोग गरेको बताएको छ ।अहिले उनको परिवारमा ८ जना रहेका छन् ।म अपाङ्घ भएर त पढाई रोकेन उनले अरु सपाङ्घलाई पनि आर्थिक रुपमा कमजोर भएपनि उच्च शिक्षा अध्ययन गरेर स्वदेशमै केही गर्नुपर्ने सल्लाह दिन्छन् ।

नेपाल सरकारबाट ग वर्गको अपाङ्गता परिचय पत्र पाएका उनको जीवन हेरेर पनि अन्य अपाङता भएका एवं सपाङ्गहरुले केही गर्न सिक्नुपर्छ । अनी हाम्रो समाजमा अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेमा उनीहरु पनि आत्मनिर्भर भएर बाँच्न पाउँथे । जे होस डिल बहादुरको साहास एउटा सपाङ्ग व्यक्तिको भन्दा कम छैन उनको लक्ष्य प्राप्तिको लागी विभिन्न क्षेत्रबाट सहयोग मिलोस यही कामना ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}