Home » » यि हुन् अचम्मका रेष्टुरेण्टहरु, जहाँ नाङ्गै खाने,आकाशमा डिनर देखि कण्डमको टोपी लगाएर खाने सुविधा

यि हुन् अचम्मका रेष्टुरेण्टहरु, जहाँ नाङ्गै खाने,आकाशमा डिनर देखि कण्डमको टोपी लगाएर खाने सुविधा

आफ्नो व्यवसायलाई फरक देखाउनका लागि व्यवसायिले अचम्मका सुविधाहरु दिने गर्छन । आज हामी तपाँइलाई विश्वका केहि यस्ता रेष्टुरेण्टको बारेमा बताउँदैछाै‌ जहाँ अचम्म पार्ने खालका सेवा सुविधा दिइएको हुन्छ । कतै हाँसो लाग्ने,कतै रोमाञ्चित पार्ने, कतै डराउन दिने त कतै अजिव लाग्ने रेष्टरेण्ट यस्ता छन् ।

१. न्युड थिम रेष्टुरेण्ट – अमेरिकाको न्युर्योकमा अवस्थित यो रेष्टुरेण्टमा डिनर या लंच गर्न जानले सबै कपडा खोलेर निर्वस्त्र हुनुपर्दछ । हुनत कपडा लगाएर पनि खान पाइन्छ तर थिम नै न्युड भएकाले यहाँ जाने अधिकांश निर्वस्त्र भइ खाना खान्छन् ।
२. प्रिजन थिम रेष्टुरेण्ट – जेलका कैदीलाई जस्तै गरि खान दिइने यो रेष्टुरेण्ट चिनमा रहेको छ । खानाको स्वाद उत्कृष्ट हुन्छ बस ग्राहकलाई जेलका कैदीलाई जस्तै गरि राखिन्छ ।
३. रोबोट थिम रेष्टुरेण्ट – यो रेष्टुरेण्ट हर्बिन शहरमा रहेको छ । यहाँ खानको अर्डर देखि सर्भिस सम्मको काम रोबोटले गर्ने गर्छ । यो बच्चाबच्चीहरुका लागि लोकप्रिय छ ।

४.डिनर इन दि स्काइ थिम रेष्टुरेण्ट – यहाँ आउने ग्राहकलाई आकाशमा खाना खुवाइन्छ । बर्लिन शहरमा रहेको यो रेष्टुरेण्टमा खाना खाने टेबल , गा्रहक र वेटर सहित क्रेनको सहारामा आकाशमा लगिन्छ ।
५. कण्डम थिम रेष्टुरेण्ट – बैंककमा रहेको यो रेष्टुरेण्ट निकै चर्चित छ । कारण यो रेष्टुरेण्टमा सर्भिस दिनै सबैले टाउकोमा कण्डमको टोपी लगाएका हुन्छन् । यौन सम्बन्धि जनचेतना जगाउनका लागि यसो गरिएको हो ।
६. युनिक ड्रेस थिम रेष्टुरेण्ट – जापानको टोकियोमा रहेका यो रेष्टुरेण्ट पनि चर्चित छ । कारण यहाँ काम गर्ने सबै पुरुष छन तर उनीहरु सधै महिलाको ड्रेसमा हुन्छन् ।
७.ट्विन थिम रेष्टुरेण्ट – मस्कोमा रहेको यो रेष्टुरेण्टमा सर्भिस गर्नेहरु सबै जुम्ल्याहा हुन्छन । उस्तै कपडा लगाएका जुम्ल्याहाहरु नै यो रेष्टुरेण्टका आकर्षण हुन् ।
८. ट्वोइलेट थिम रेष्टुरेण्ट – चीनको सेजेंनमा रहेको यो रेष्टुरेण्टमा ट्वोइलेटमा प्रयोग हुने सामानहरु प्रयोग गरिन्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}