Home » » फोन नउठाएको भन्दै लोग्नेले खाइदिए श्रीमतीको नाक

फोन नउठाएको भन्दै लोग्नेले खाइदिए श्रीमतीको नाक

कसैकसैको रिसको पारो यति नराम्रोसँग उम्लिन्छ की सानै निहुँमा पनि ठूलै वितण्डा गर्दछन् । चीनमा यस्तै भएको छ । श्रीमतीले फोन नउठाएको झोँकमा एक जना पुरुषले आफ्नै श्रीमतीको नाक दाँतले टोकेर खाइदिएका छन् ।

पूर्वी चीनको शेंगडंग प्रान्तमा यो घटना भएको हो । पीडित महिलाको पूरै परिचय खुलाइएको छैन र छोटकरी नाम येंग बताइएको छ । समाचार अनुसार येंगले अफिसमा रातको सिफ्टमा काम गर्थिन् । रातको दुइ बजेतिर उनका पतिले उनलाई फोन गरेछन् तर उनले उठाउन पाइनन् ।

श्रीमतीले आफ्नो फोन नउठाएपछि लोग्नेचाहीँ रिसले आगो भए । अर्को बिहान सबेरै उनी श्रीमतीको अफिसमै पुगे । गाली गलौज गर्दै सिकारी जनावर झम्टिएझैँ गरी पत्नीको नाकमा आफ्नो दाँतले धावा बोले । आफ्नो दाँतले श्रीमतीको नाक क्वाप्पै चुँडाएपछि उनले उक्त नाकलाई सर्लक्कै निले ।

श्रीमतीको नाकमा धावा बोल्नुअघि उनले रिसाउँदै भनेका थिए : मैले फोन गरिरहेको बेलामा किन उठाइनस् ?

घटनापछि पीडित महिलाले आफुलाई लोग्नेले भित्तातर्फ धकेलेको र आफ्नो टाउको भित्तामा ठोक्काइदिएर नाक खाइदिएको बताएकी छिन् । डाक्टरहरुका अनुसार येंगको नाक पूरै गुमेको छ । अब नयाँ कृत्रिम नाक राख्नु आवश्यक हुन्छ । श्रीमतीको नाक खाइदिएपछि ती हिंश्रक लोग्ने फरार भएका छन् र पुलिसले उनको खोजी गरिरहेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}